२७ भदौ धादिङ – निर्माणाधिन हुवासिन सिमेन्ट नारायणी प्रा.ली.ले शिक्षकका लागी तलव व्यबस्थापनका लागी धादिङका दुई बिद्यालय र एक स्वास्थ्य चौकिलाई आर्थिक सहयोग गरेको छ ।
बिहिवार कम्पनीका तर्फवाट सम्बन्धति स्थानमा पुगी निर्माणाधिन हुवासिन सिमेन्ट कम्पनीले बेनिघाट रोराङ स्थित ताल्तीमा निर्माणाधिन कम्पनी नजिकै रहेको पिपलभञ्याङ माध्यमिक बिद्यालय, भुमेस्थान आधारभुत बिद्यालय र ताल्ती स्वास्थ्य चौकिलाइ आर्थिक सहयोग गरेको हो ।
दुवै बिद्यालयका निजी श्रोतका एकजना शिक्षकलाई तलव ब्यबस्थापनका लागी कम्पनीले पिपलभञ्याङ मा.बीलाई रु.३ लाख, भुमेस्थान आ.बि.लाई २ लाख र कोरोना भाईरस संक्रमणवाट सुरक्षित रहन ताल्ती स्वास्थ्य चौकिलाई रु.२ लाख गरी नगद रु.७ लाख सहयोग गरेको कम्पनीका प्रतिनिधी तुल्सीजंग थापाले बताए । हाल कम्पनीको अनुदानबाट पिपलभञ्याङ माध्यमिक बिद्यालयमा मेनका लोहोनी र भुमेस्थान आधारभुत बिद्यालयमा राजन चेपाङ अध्यापनरत रहेको समेत थापाले जानकारी दिए । कार्यक्रममा सिमेन्ट कम्पनीका जि.एम् मिस्टर स्याङले बिद्यालय र स्वास्थ्य चौकीमा पुगी सहयोग गरेका थिए ।
कम्पनीले अघिल्लो बर्ष पनी ताल्ती प्रहरी चौकिका लागी रु.१० लाख, पिपलभञ्याङ माध्यमिक बिद्यालयलाई रु.१ लाख ५० हजार आर्थिक सहयोग गरेको थियो । थापाका अनुसार हाल उक्त सिमेन्ट कम्पनीवाट उत्पादन भएको बिद्युत समेत सोहि स्थानका ५३ घरधुरीले निशुल्क उपभोग गर्दै आएका छन् ।
निर्माणाधिक सिमेन्ट कम्पनी संचालनमा आउने तयारीमा रहेको समेत थापाले जानकारी दिए । कार्यक्रममा सिमेन्ट कम्पनीका जि.एम् मिस्टर स्याङ, वडा अध्यक्ष टंक थापा, वडाका अन्य सदस्यहरु, बिद्यालयका प्रधानाध्यापक, बिद्यालय व्यबस्थापन समिती र सिमेन्ट कम्पनीका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar