२६ भदौ, काभ्रे – काभ्रे जिल्लाको रोशी गाँउपालिका स्थित् तिनधारे झरनामा पछिल्लो समय आगन्तुकको घुंईचो लाग्ने गरेको छ ।
काभ्रेको सदरमुकाम धुलिखेलबाट करिब २५ किलोमिटरको दुरीमा पर्ने रोशी गाउँपालिका वडा नं. २, काफल डाँडामा रहेको उक्त झरनामा पछिललो समय कोरोना भाईरस संक्रमण् रोक्न सरकारले जारी राखेको लकडाउन र निषेधाज्ञालार्य बेवास्ता गर्दै हजारौं आन्तरिक पर्यटकहरु पुगेर आनन्द लिने गरेका छन् ।
यस् झरनामा काठमाडौं उपत्यका र बनेपा, पनौती, धुलिखेल, सिन्धुली लगायतका ठाँउहरुवाट आगन्तुकहरु ऋाउने गरेको स्थानियहरु बताउछन् । विपी राजमार्गको काभ्रे भञ्ज्याङ सडक खण्डदेखि कच्चीबाटोको यात्रापछी पुगिने उक्त झरनावाट मनमोहक दृष्य र प्राकृतिक सुरन्दरताको सुन्दर दृष्यको अवलोकन गर्न पाईने भएकाले कठीन यात्राको कुनै पर्वाहनै नहुने पर्यटकहरले बताउने गरेका छन् । झरनाको प्रचार प्रसार गर्नसके विभिन्न ग्रामिण भेकका मानिसहरु समेत यहाँ आउने सम्भावना रहेको समेत स्थानियहरुले बताउने गरेका छन् ।
पछिल्लो समय तीनधारे झरना हेर्न आउनेहरुको मानिस तथा मोटरसाइकलको लर्कोनै लाग्ने गरेको स्थानिय ब्यापारीहरुले बताउने गरेका छन् । ‘शुरुमा त त्यस्तो केही लागेको थिएन, आज भोलि त मान्छेहरु आएको देखेर अचम्मै लागेको छ ।’ नमोबुद्ध–९ गहतेका रत्न लामाले बताए्, ‘कोरोनाको कहरलाई समेत वेवास्ता गरेर प्राकृतिक सुन्दरताले कहाँ–कहाँको मान्छे तान्दो रहेछ ।’ कोरोना महामारीका कारण सबै पसलहरु बन्द भएर व्यापार शुन्य भइरहेको बेलो नमोबुद्ध नगरपालिकाको दाप्चा क्षेत्र, गहते, रोशी गाउँपालिकाको फलामे साँघु, शिखर आम्बोटेमा व्यापार पनि बढेको छ ।
यता तिनधारे झरनामा पर्यटकहरको घुईचो लाग्न थालेपछि रोशी गाउँपालिकाकाले झरनाको प्रचार प्रसार र प्रबर्धन गर्ने बताएको छ । पछिल्लो समय तिनधारे झरनामा पर्यटकहरको घुईचो लाग्न थालेपछि आफुमा हौषला प्राप्त भएको र झरनाको प्रचार प्रसार गरी प्रबर्धन गर्ने सोच बनाएको गाँउपालिका अध्यक्ष डिबी लामाले बताए ।
‘हामीले गाउँपालिका भित्र पर्यटन विकासको सम्भाव्यता अध्ययन पनि गरेका थियौं । एउटा पुस्तक नै प्रकाशन गरेका छौं । त्यसमा सबैभन्दा बढी पर्यटन विकासको सम्भावना देखेको स्थानको रुपमा चित्रण गरेको छ ।’ लामाले भने, ‘करिब २ हप्ताको बीचमा पर्यटकहरुको घुईचोले यो सम्भावनालाई पुष्टि गरेको छ । त्यति मात्र होइन, अब यसको संरचनागत विकासको लागि पनि हामीलाई ढोका खुलेको छ ।’ गुरुयोजना नै निर्माण गरेर यसको संरचनागत विकास लागि स्थानीय जनप्रतिनिधि र विज्ञटोली अवलोकनका लागी जाने तयारीमा छौँ, उनले भने । ‘सम्बन्धित वडा अध्यक्ष र वडा सदस्यहरुसहितको विज्ञ सहितको टोली पुगेर अध्ययन गर्दैछौं । र वडाले पनि केही बजेटको पनि व्यवस्था गरेको छ ।’
गाउँपालिका अध्यक्ष लामाले भने, ‘पर्यटन विकास बोर्डसँग पनि समन्वय गर्नेछौं । होम स्टेको लागि पनि अध्ययन गरिरहेका छौं । किताब प्रकाशन गरेका थियौं । अनि गुरुयोजना नै बनाएर अघि बढ्ने छौं ।’ ऐतिहासिक बाहुबलीझर्ना भनेर पनि चर्चा भएको पाइएको लामाले बताए । गाउँपालिकाले पर्यटन विकासको लागि सम्भावनाको रुपमा पहिला चित्रण गरिसकेको र आन्तरिक पर्यटकको घुईंचोले यो सम्भावनाको पुष्टि गरेको अध्यक्ष लामाले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar