२६ भदौ,काठमाण्डौं – सरकारको काम कारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने निर्णय गर्दै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक सम्पन्न भएको छ ।
आज शुक्रवार बिहान ११ बजेवाट प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको स्थायी कमिटी बैठकले अवदेखी सरकारको काम कारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने तर महत्वपूर्ण मुद्धा र विषयमा भने पार्टीसँग समन्वय गरेर मात्रै निर्णयमा पुग्ने निर्णय गरेको छ ।
त्यससंगै विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो ।
बैठकले अध्यक्ष केपी ओली सरकारको काममा केन्द्रीत हुने र प्रचण्ड कार्यकारी अध्यक्षको भूमिका सहित पार्टीको नेतृत्वमा रहने पनी निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । “अव अध्यक्ष प्रचण्डले कार्यकारी अधिकारसहित पार्टी कामको नेतृत्व गर्ने निर्णय भएको छ । यस अगाडी भएका बिषयमा आत्मालोचना पनी गरेका छौं, अव सरकारका कामकारबाहीमा पार्टीले कुनै हस्तक्षेप गर्ने छैन, तर महत्त्वपूर्ण सवालमा पार्टीका मार्गनिर्देशनलाई भने केन्द्रमा राखेर सरकारले निर्णय गर्नुपर्ने हुन्छ ।”
प्रवक्ता श्रेष्ठका अनुसार बैठकपछि अध्यक्षको कार्यविभाजन टुंगो समेत लगाइएको भन्दै प्रधानमन्त्री समेत रहेका ओली सरकारका काम कारबाहीमा केन्द्रीत रहने र प्रचण्डले पार्टिको काममा केन्द्रीत रहनेगरी निर्णय भएको छ । स्थायी समिती बैठकमा सदस्यहरु रघुजी पन्त, लिलामणि पोख्रेल, भीम आचार्य, माधव नेपाल, अष्ठलक्ष्मी शाक्य, युवराज ज्ञवाली, देव गुरुङ, घनश्याम भुसाल, मातृका यादव, भीम रावल अमृत बोहरा, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले धारणा राखेका थिए ।
स्थायी कमिटी सदस्यले धारणा राखेपछि अध्यक्ष प्रचण्डले सदस्यहरुवाट प्राप्त सुझावका सन्दर्भमा आफ्नो धारणा राखेका थिए भने त्यसपछि विभिन्न निर्णय गर्दै बैठक सकिएको थियो ।
श्रेष्ठका अनुसार छलफलका क्रममा उठेका सुझावलाई समेत प्रचण्ड र ओलीले अघि सारेको १५ बुँदे प्रस्तावमा समावेश गर्ने निर्णय भएको छ । पारित प्रस्तावमा राष्ट्रियताको विषयमा एकढिक्का भएर अघि बढ्ने, पार्टीलाई गतिशील बनाउने, विधि र पद्धतिअनुसार अघि बढ्ने, पार्टीका निर्णयलाई कार्यान्वयनमा लैजाने जस्ता विषय रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar