• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ १३, मंगलबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी

५ घण्टा अघि
२

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

९ घण्टा अघि
३

नेपालमा खुला व्यायामशाला (Open Gym) को बढ्दो लोकप्रियता: प्रचण्डदेखि सर्वसाधारणसम्मको रोजाइ

११ घण्टा अघि
४

उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

१२ घण्टा अघि
५

पृथ्वी राजमार्गको थाँक्रेमा पुलमा भ्वाङ परेपछी यातायात ठप्प

१२ घण्टा अघि
६

नेपाल टेलिकमको जिप दुर्घटना : तीन जनाको मृत्यु

१२ घण्टा अघि
७

युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

१ दिन अघि
८

जाजरकोटमा भूकम्पको धक्का महसुस

१ दिन अघि
९

सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

१ दिन अघि
१०

पदाधिकारी बैठकमा गृहमन्त्री लेखकको राजीनामाबारे निर्णय गर्दै काँग्रेस

१ दिन अघि
११

माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिच एकता घोषणा हुँदै

१ दिन अघि
१२

चिया निर्यातमा ४६ प्रतिशतले वृद्धि, अलैँची घट्यो

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    १ महिना अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    ३ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ४ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    १ हफ्ता अघि
  • United Cement ६

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    १ दिन अघि
  • oli with us ldr ७

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    ३ हफ्ता अघि
  • gagan dai ८

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    ३ हफ्ता अघि
  • hariharpur gadhi ९

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    १ हफ्ता अघि
  • ramesh-lekhak1620635481 १०

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    २ दिन अघि
  • prev
    next

    नेपालको रेलमार्ग परियोजनामा रूसलाई प्रवेश गराउने प्रयास

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ भाद्र १०, बुधबार (४ साल अघि)
  • ८३४ पाठक संख्या
  • rel meeting rus

    १०भदौ,काठमाण्डौं- रूससँग मेट्रोरेल निर्माण र सञ्चालनमा विश्वकै सबैभन्दा लामो र राम्रो अनुभव रहेको मानिन्छ । त्यही भएर नेपालले काठमाडौं उपत्यका मेट्रोलगायतका अन्य रेल परियोजनामा रूसी सरकारी तथा निजी तहको सहयोगको अपेक्षा राख्दै छलफल चलाएको छ । मंगलबार भौतिकमन्त्री वसन्त कुमार नेम्वाङले नेपालका लागि रूसी राजदूत एलेक्सी नोभिकोभसँग मन्त्रालयमै नेपालको रेल परियोजनामा रूसको सहयोगको अपेक्षा गर्दै छलफल गरेका हुन् । पुरानो सहयोगी देश रूसलाई नेपालले रेलमार्गको परियोजनामा प्रवेश गराउने प्रयास गरेको छ ।

    नेपालले गरेको प्रस्तावप्रति नेपालका लागि रूसी राजदूत एलेक्सी नोभिकोभ पनि उत्साहित देखिएका छन् । उनी करिब ३२ वर्षअगाडि रूस सरकारको कर्मचारीको रुपमा नेपालमा बसेर काम गरेर फर्किएका थिए । भौतिक मन्त्रालय स्रोतका अनुसार रूसी राजदूत एलेक्सीले नेपाललाई कुन–कुन रेलमार्गमा कस्तो सहयोग गर्नुपर्ने हो, त्यसको प्रस्ताव लेखेर ल्याएमा आफूले रूस सरकारसमक्ष पु¥याउने र सहयोगका लागि पहल गर्ने आश्वासन दिएका छन् ।

    ‘मेट्रो रेललगायतका नेपालका रेल परियोजनामा रूसको सहयोग हुनसक्ने देखेर छलफल गरिएको हो’, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपाल प्रसाद सिग्देलले आर्थिक दैनिकसित भने, ‘हामीले हाम्रो प्रस्ताव भनेका छौँ । केही दिनमा लिखित रुपमै आग्रह गर्नेछौँ । नेपालका लागि रूसी राजदूत नेपालका बारेमा तीन दशक अगाडिदेखि नै जानकार रहेछन् । उनले नेपालको सहयोगको प्रस्तावको बारेमा आफ्नो देशसँग छलफल चलाउँछु भन्नु भएको छ ।’

    पञ्चायतकालमा रूसले नेपालको पूर्वाधार तथा औद्योगिक विकासमा सहयोग गरे पनि बहुदल आएपछि बन्द जस्तै छ । बहुदल आएपछिको अवस्थामा नेपालले आफ्नो प्राथमिकतामा छिमेकी भारत, चीन जस्ता देशसँग बढायो भने धेरै टाढाको रूससँग खासै पहल गरेन । रूसले पनि नेपालको पूर्वाधार विकासमा खासै चासो राखेन । यद्यपि नेपाल र रूसबीचको पुरानो सम्बन्धलाई भने दुवै देशले निरन्तरता दिँदै औपचारिकतामा सीमित राखेका छन् ।

    नेपालले केही वर्षदेखि रेलमार्ग निर्माणलाई विशेष प्राथमिकतामा राखे पनि रकम अभावमा त्यसले मूर्त रुप लिनसकेको छैन । त्यही भएर विभिन्न क्षेत्र र देशसँग नेपालले सहयोगको खोजी जारी राखेको छ । त्यही खोजीअन्तर्गत रूससँग पनि नेपालले सहयोगको अपेक्षा गर्दै वार्ता अगाडि बढाउने प्रयास गरेको हो । नेपालले रूसुवागढी–काठमाडौं, पोखरा, लुम्बिनी रेलमार्गको लागि चीन सरकारसँग र वीरगञ्ज–काठमाडौं रेलमार्गका लागि भारत सरकारसँग सहयोगको पहल गरिरहेको छ ।

    अहिले सरकारले झापाको काँकडभिट्टादेखि सुनसरी सदरमुकाम इनरुवासम्म रेलमार्ग निर्माण गर्ने भनेर टेण्डर आह्वान गरेको छ । तर, इनरुवादेखि बर्दिबाससम्मको रेलमार्ग निर्माणको बारेमा सरकारले रकमको जोहो गर्नसकेको छैन । इनरुवादेखि बर्दिबासम्म रेलमार्ग निर्माण गर्नसकेमा बर्दिबास–सिमरा खण्ड पनि जोडिनेछ र काँकडभिट्टा–इनरुवा रेलमार्गको औचित्य पुष्टि हुनेछ । त्यही भएर नेपाल सरकारले रूससँग सहयोगको हात बढाउन लागेको हो । रूस सरकार आफैँले ऋण दिएर रेलमार्ग निर्माण अगाडि बढाउन सानोतिनो प्रयासले सम्भव भने देखिँदैन ।

    रूसले विगतमा काठमाडौंको कान्ति अस्पताल, पनौती हाइड्रोइलेक्ट्रिक स्टेसन, पूर्वपश्चिम राजमार्गको पथलैया–ढल्केवर खण्ड, जनकपुर चुरोट कारखाना, कृषि औजार कारखाना, वीरगञ्ज चिनी मिल र रोजन एण्ड टर्पाइन प्लाण्ट स्थापनामा सहयोग गरेको थियो । नेपालले पहल गर्न नसकेको कारण रूसको सहयोग निरन्तर हुन सकेन । विगतमा रूसमा अध्ययन गरेर आएका धेरै व्यक्तिहरु अहिले पनि नेपालका विभिन्न दलमा नेता छन् । बहुदल आएपछि भने नेपालको औद्योगिक तथा पूर्वाधार निर्माणमा रूसको सहयोग नेपालले लिन सकेको छैन । रूसका राजदूतसँग रेलमार्गको परियोजनाको बारेमा छलफल भएको भौतिक मन्त्री नेम्वाङको निजी सचिवालयले पनि जनाएको छ । छलफलमा मन्त्री नेम्वाङको अतिरिक्त सचिव देवेन्द्र कार्की, सहसचिव सिग्देल, रेल विभागका महानिर्देशक बलराम मिश्र सहभागी भएको मन्त्री नेम्वाङ्गको निजी सचिवालयले जनाएको छ ।

    छलफलमा काठमाडौं उपत्यकाको मेट्रोरेल निर्माणको लागि मन्त्री नेम्वाङ्गले विशेष आग्रह गरेका थिए । ७२ किलोमिटर लामो उक्त रेलमार्गका लागि साढे चार अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सधैँजसो हिउँले ढाकिने रूसको राजधानी मस्कोलगायतका महत्वपूर्ण सहरमा अन्डरग्राउण्ड मेट्रो रेलमार्ग छ । त्यही भएर काठमाडौं मेट्रो रेलमार्ग निर्माणमा नेपालले रूसको प्रविधि र आर्थिक लगानीको सहभागिता खोजेको हो । काठमाडौं उपत्यका रेलमार्गको लागि जोखिमपूर्ण भएको कारण पनि राम्रो प्राविधिक ज्ञान आवश्यक छ । (आर्थिक दैनिक बाट)

     

    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी

  • उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

  • नेपाल टेलिकमको जिप दुर्घटना : तीन जनाको मृत्यु

  • युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम


  • समाचार
  • १

    युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी
    ५ घण्टा अघि

  • २

    प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित
    ९ घण्टा अघि

  • ३

    नेपालमा खुला व्यायामशाला (Open Gym) को बढ्दो लोकप्रियता: प्रचण्डदेखि सर्वसाधारणसम्मको रोजाइ
    ११ घण्टा अघि

  • ४

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान
    १२ घण्टा अघि

  • ५

    पृथ्वी राजमार्गको थाँक्रेमा पुलमा भ्वाङ परेपछी यातायात ठप्प
    १२ घण्टा अघि

  • ६

    नेपाल टेलिकमको जिप दुर्घटना : तीन जनाको मृत्यु
    १२ घण्टा अघि

  • ७

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम
    १ दिन अघि

  • ८

    जाजरकोटमा भूकम्पको धक्का महसुस
    १ दिन अघि

  • ९

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 
    १ दिन अघि

  • १०

    पदाधिकारी बैठकमा गृहमन्त्री लेखकको राजीनामाबारे निर्णय गर्दै काँग्रेस
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ दिन अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    कैदी आदानप्रदानका बेला किएभमा रुसी आक्रमण

    subhayug
    २

    गिल भारतीय टेस्ट टोलीका कप्तान

    subhayug
    ३

    ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

    subhayug
    ४

    ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution