९भदौ,काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा अबको सभापति को भन्ने विषयले जबर्जस्त बहस सिर्जना गरेको छ ।
दोस्रो तहका नेताहरूले भटाभट सभापतिमा दाबी गरेपछि शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, रामशरण महतहरू अप्ठेरोमा परेका छन् । जसमध्ये सबैभन्दा सकसमा भने रामचन्द्र पौडेल परेका छन् । उनले १४औं महाधिवेशनमा आफू सभापति बन्ने दाबी गर्दै आएका थिए । तर, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा.शशांक कोइरालालगायतले सभापतिमा दाबेदारी गरेपछि सिनियर नेताहरू अब के गर्ने भन्ने अवस्थामा पुगेका छन् ।
कांग्रेस महामन्त्री शशांकले सोमबार पत्रकार सम्मेलन गरेरै आफू सभापतिको उम्मेदवार बन्न गइरहेको र आफूले मात्र देउवालाई सभापतिमा हराउन सक्ने भन्दै पौडेललाई सभापतिमा आँखा नलगाउन चुनौती दिएका छन् । शशांकको यो दाबीले पौडेललाई अब सभापतिमा दाबी गर्ने बाटो बन्द भएको छ । पौडेल समूहकै प्रकाशमान सिंहले पनि सभापतिमा दाबी गरेका छन् । अब पौडेलले के गर्लान् भन्ने चासो सर्वत्र देखिएको छ ।
यद्धपी आगामी फागुनमा सम्भव नहोला कोरोना भाइरस महामारी कायमै रहेकाले पनि महाधिवेशन सर्ने निश्चित जस्तै भइसकेको छ । केही समयअघि बसेको कांग्रेस पदाधिकारी बैठकमा उपसभापति विजयकुमार गच्छदारले २०७८ जेठमा महाधिवेशन गर्न प्रस्ताव गरेका थिए । त्यसबारे कुनै औपचारिक निर्णय भने भइसकेको छैन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar