• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७७ फागुन २०, बिहिबार
ट्रेन्डीङ्ग
subhayugsubhayug.comCorona Virusनेपाल कम्युनिष्ट पार्टीनेकपाकेपी शर्मा ओलीwww.subhayug.comप्रधानमन्त्री केपी शर्मा ओली
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मन्त्री प्रभु साहको निर्देशनमा किसानको गहुँबालीमा लगाइयो डोजर

१ दिन अघि
२

मलेखु टिचिङ हस्पिटलमा टेलिमेडिसिन सेवा सुरु

१ दिन अघि
३

कुन वीर बन्ला?

१ दिन अघि
४

राजादेखि विप्लवसम्म अटाउने सर्वपक्षीय सम्मेलन गरौं : कमल थापा

१ दिन अघि
५

साग टिप्दा पञ्चायतकाे ५ हजार जरिवाना : तिर्न नसक्दा महिलाले गरिन् आत्महत्या

३ दिन अघि
६

बहुमतको बिजोग : नयाँ सरकार गठनमा अल्झन

४ दिन अघि
७

पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

४ दिन अघि
८

फागुन २३ गते संसद् अधिवेशन बोलाउन सिफारिस

४ दिन अघि
९

सर्वोच्चका न्यायाधीश भन्दा ठूला जनता हुन्, अब जनताले गर्छन् फैसला : ईश्वर पोखरेल

४ दिन अघि
१०

पहाडी भेगमा मेघगर्जन र चट्टयाङसहित बर्षाको सम्भावना

४ दिन अघि
११

गाउँगाउँमा विकास हुँदापनी रोकिएन बसाइँसराइ

४ दिन अघि
१२

राजनीतिक निकासको बाधक नेकपा !

४ दिन अघि

धेरै पढिएका

  • thailand१

    थाईल्याण्डमा रात बिताउन प्रस्ताव राख्दै युवतीले ‘यु वाण्ट बुम बुम?’ भनेपछि

    ३ महिना अघि
  • KAJI PIYA AND prime bank२

    १५ करोडको घरमाथी प्राइम बैंकको गिद्धेनजर : ५ करोडमा जवरजस्ती घर लिलामीपछि घरधनी सडकमा

    १ महिना अघि
  • lockdown ktm३

    संक्रिय संक्रमित २५ हजार नाघेपनी अस्पतालले धानेसम्म लकडाउन नहुने

    ४ महिना अघि
  • lalita niwas photo 1४

    ललितानिवास जग्गा प्रकरण : २० करोडभन्दा बढी अपचलन गर्नेमा १९ जना रहँदा ‘कारिन्दा’ बस्न्यातलाई मात्रै दोषी करार गराउने नियत

    २ महिना अघि
  • lalpurja५

    जग्गाधनीलाई नै पत्तै नदिइ यसरी गरियो अर्काको नाममा जग्गा पास

    १ महिना अघि
  • oli prachanda६

    मन्त्री बन्न ३० गुण भएको हुनुपर्ने : प्रधानमन्त्रीले पाउलान् त त्यस्ता सारथी ?

    ५ महिना अघि
  • ghus sahit pakrau७

    ९५ हजार घुससहित् धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत महिला इन्जिनियर पक्राउ

    २ हफ्ता अघि
  • received_467162690963048८

    धादिङमा प्रचण्ड-माधव नेपाल पक्षको विशाल जनप्रदर्शन

    ३ हफ्ता अघि
  • Miss-nepals९

    मिस नेपालहरू कुन दुनियाँमा मस्त ?

    १ महिना अघि
  • artha mantralaya surendra pandey१०

    मन्त्रीमण्डल पुर्नगठनमा अर्थमन्त्रीको चर्चा : सुरेन्द्र पाण्डे भन्छन् अर्थमन्त्रालयनै चाहिन्छ

    ५ महिना अघि
  • शरीर कमजोर भए पनि सोच बलियो छ

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ भाद्र ९, मंगलबार (६ महिना अघि)
  • १५५ पाठक संख्या
  • ilam photo

    ९भदौ,काठमाण्डौ- इलाम देउमाई नगरपालिका–२ मंगलबारेकी सुमला साङपाङ राईमाथि पाँच वर्षकै उमेरमा ‘बज्रपात’ भयो । घरम हिँड्दै गर्दा लडेर सुमलाको कम्मरमुनिको भाग चल्न छोड्यो । उनलाई उपचारका लागि नेपाल तथा भारतका अस्पतालसम्म पुर्याइयो तर व्यथा ‘बीसको उन्नाइस’ भएन । त्यतिमा मात्र उनको पीडा रोकिएन । सुमलाले सानैमा बुबासमेत गुमाइन् । उनी अहिले १६ वर्ष पुगिन् । शारीरिकरूपमा अस्वस्थ भए पनि पढाइमा अब्बल र प्रतिभाशाली छिन् उनी ।

    सुमलालाई अध्ययनका लागि ललितपुरको जेनेम माध्यमिक विद्यालय भर्ना गरिएको छ । पढाइका अतिरिक्त उनमा चित्रकलाको सोख छ । शिक्षक शिक्षिकाबाट राम्रो सल्लाह पाउने गरेकी उनले चित्रकलामै भविष्य देखेकी छन् । ‘मेरो चित्र हेर्न धेरै जना आउनुहुन्छ, उहाँहरूले राम्रो छ भन्नुहुन्छ’, उनले सुनाइन् । चित्र बनाउन धेरै मिहिनेत गर्नु परे पनि रहर भएकाले भविष्यमा यसै क्षेत्रमा लाग्ने सुमलाको विचार छ । ‘धरै जना त किन्न पनि आउनुहुन्छ तर अहिलेसम्म बेचेकी भने छैन,’ उनले खुसी हुँदै भनिन् ।

    माई नगरपालिका–९ स्थित चिसापानीका अरुण गौतम जन्मजात अपांगता भएका बालक हुन् । ११ वर्षीय अरुण पनि चित्रकलाका सौखिन हुन् । उनलाई पनि चित्र बनाएर बच्ने र पैसा कमाउने इच्छा छ । ‘सानै छ तैपनि चित्र राम्रै बनाउँछ,’ अरुणका बुबा लक्ष्मणले भने, ‘यही कला देखेर एक जनाले पढाउन काठमाडौं लान्छु भन्नुभयो तर अलि अशक्त भएकाले दिइनँ ।’

    एकपट्टिको हात र खुट्टा अशक्त भएकाले विद्यालय जान अरुणलाई समस्या छ । तर, दुःखले हिँड्न भने समस्या छैन । ‘पहिले त भविष्यमा दुःख पाउँछ होला जस्तो लाग्थ्यो तर चित्र बनाएरै खान्छजस्तो लाग्न थालेको छ अहिले, त्यसैले अब ढुक्क छु,’ लक्ष्मण भन्छन्, ‘चित्रकलाका धेरै प्रतियोगितामा भिड्न जान्छ, स्कुलमा पनि भाग लिने गरेको छ ।’

    त्यस्तै इलाम नगरपालिका–७ बस्ने आलोक खतिवडा र भुपाल खतिवडाको पनि कम्मरमुनिको भाग चल्दैन । यी दुवै दाजुभाइलाई हिँड्नका लागि साहारा चाहिन्छ । शारीरिक रूपमा अशक्त भए पनि आलोक र भुपालको सोच भने निकै दरिलो छ । दुवै भाई पढाइमा अब्बल छन् त्यसैले उनीहरू दुवैको भविष्यमा ठूलो मान्छे बन्ने सोच छ । अहिले भुपाल स्नातक अध्ययन गर्दै छन् भने भाइ आलोक १२ कक्षामा । ‘हिँड्न त कि मान्छेको कि ह्विलचियरको सहारा चाहिन्छ तर बसेर गर्ने काम गर्न गाह्रो छैन,’ भुपाल भन्छन्, ‘पढाइमा त कहिल्यै फेल भइनँ, अहिले पनि राम्रै छ जस्तो लाग्छ ।’ भुपाल मात्र होइन आलोक पनि कक्षामा उत्कृष्ट विद्यार्थीमा पर्छन् । ‘अरू केही गरिन्छ भन्ने त लाग्दैन, पढेरचाहिँ राम्रै मान्छे बन्ने सोच छ,’ आलोक भन्छन्, ‘सबैले राम्रो छ पढाइ भन्नुहुन्छ ।’

    सुमला, अरुण, आलोक र भुपाल त उदाहरण मात्रै हुन् । अपांगता भए पनि फरक क्षमताका कारण अब्बल ठहरिएका यसता प्रतिभाहरू जिल्लामा धेरै छन् । अपांगता भएका बालबच्चालाई हेला नगरी उनीहरूको क्षमता चिन्न सक्दा अब्बल दर्जाको नागरिक बन्नसक्ने अपांगता एकता समाजका इलामका सचिव प्रकाश चापागाईं बताउँछन् । ‘समाजमा अझै पनि अपांगता भएका बालबालिकालाई हेर्ने दृष्टि नकारात्मक छ, यो सोचमा परिवर्तन आवश्यक छ, किनभने अवसर दिए गरेर देखाउन उनीहरू सबै मानिसजस्तै सफल हुनेछन्,’ चापागाईंले भने ।
    पछिल्लो समय सरकार र संघसंस्थाले अपांगमैत्री काम गरेका कारण अपांगता रहेका व्यक्तिलाई जीवन जिउन सहज हुँदै आएको छ । उनीहरूलाई आवश्यक सामग्री र भत्ता दिन थालेपछि परिवारमा रहन सहज भएको अपांगतासम्बन्धी काम गर्दैै रहेको संस्था करुणा फाउन्डेसनका छवि श्रेष्ठ बताउँछन् ।

    फाउन्डेसनले स्थानीय तहसँगको समन्वयमा विद्यालय जान वञ्चित भएका बालबालिकालाई विद्यालय पठाउने र साक्षर बनाउने गरिरहेकोले समुदायमा पुनःस्थापित हुन सहज भएको श्रेष्ठको भनाइ छ । पछिल्लो समय विद्यालयमा अध्ययन गराउने, शारीरिक अपांगता भएका (हात–खुट्टा गुमाएका) लाई कृत्रिम अंग प्रदान गर्ने काम भएकाले पनि धेरैले पुनर्जीवन पाएका छन् । सरकारले अपांगता भएकालाई पनि वर्गीकरण गरेर आवश्यक भत्तासमेत उपलब्ध गराउन थालेपछि अपांगता भएकालाई जीवन चलाउन राहत पुग्न थालेको छ ।

    स्थानीय तहको समन्वयमा फाउन्डेसनले अपांगता मैत्री काम गर्दै आएको छ । यसैवर्ष मात्र फाउन्डेसनले ८ सय ५५ जनालाई सहायक सामग्री प्रदान गरेको छ । अपांगता भएका व्यक्तिलाई ६० हजार रुपैयाँ पर्ने ह्विलचेयरदेखि कृत्रिम हातखुट्टा, श्रवणयन्त्र लगायतका सामग्री प्रदान गरिएको छ । फाउन्डेसनले अपांगता भएकाहरूलाई कष्टकर हुने खालको आवासीय संरचनासमेत सुधार गरिदिएको छ । करिब ८७ जना अपांगता भएकाको आवासीय संरचना सुधार गरिएको छ । १० हजार सम्मको लगानीमा घर, शौचालय र बाटोको संरचना सुधार गरिएको फाउन्डेसनका छवि श्रेष्ठले बताए ।

    समाजमा अपांगता हुनु पूर्वजन्मको पाप भन्ने तथा समाजबाट परम्परागत सोच हाबी हुनु वा परिवारले परिचय पत्र बनाउँदा अंश दिनुपर्ने धारणाले पनि अपांगता भए पनि नखुलेको करुणाका छवि श्रेष्ठको भनाइ छ ।   ‘कतिपयले नागरिकता नै बनाएका हँुदैनन् । नागरिकता बनाउँदा परिवारकै सदस्यले अंश दिनुपर्ने वा आफूसमेत अपहेलित हुने डरले बनाउन नदिने गरेका छन्,’ उनले भने, ‘त्यसै पनि यस्ता व्यक्ति परिवारले बोझ भएको ठान्छन् । त्यसमाथि पनि परिचयपत्र दिलाउँदा अधिकारसमेत दिनुपर्दा नबनाउनु नै ठीक भन्ने ठान्छन् ।’

    यता अपांगता समाज इलामका सचिव प्रकाश चापागाईं भने त्यस्ता व्यक्तिलाई समाजबाट बाहिर ल्याउन नै नसकिने बताउँछन् । उनीहरूलाई बाहिर ल्याउँदा पनि परिवारले अपहेलना गर्ने हुँदा ल्याउन नसकिएको चापागार्इंले बताए ।  जिल्लामा ४ हजार ३ जना अपांगता भएका व्यक्ति रहेका छन् । जसमध्ये २ हजार ४ सय ९९ जना पुरुष र १ हजार ८ सय १ जना महिला छन् ।

    प्रतिक्रिया दिनुहोस
    अन्तरर्वार्ता सम्बन्धि थप
  • समाचार खोज्दाखोज्दै मार्छु भनेर पनि धम्क्याए – पत्रकार शर्मा

  • राजावादीको देशव्यापी प्रदर्शन : राजनीतिक परिवर्तनको वितृष्णा कि राजावादीको तागत ?

  • प्रधानमन्त्री ओलीको चित्त र चरित्र : बरिष्ठ नेता माधव नेपालको बयान (भिडियो अन्तरवार्ता)

  • यी हुन् : फ्लप फिल्मका हिट हिरोईन !


  • समाचार
  • १

    मन्त्री प्रभु साहको निर्देशनमा किसानको गहुँबालीमा लगाइयो डोजर
    १ दिन अघि

  • २

    मलेखु टिचिङ हस्पिटलमा टेलिमेडिसिन सेवा सुरु
    १ दिन अघि

  • ३

    कुन वीर बन्ला?
    १ दिन अघि

  • ४

    राजादेखि विप्लवसम्म अटाउने सर्वपक्षीय सम्मेलन गरौं : कमल थापा
    १ दिन अघि

  • ५

    साग टिप्दा पञ्चायतकाे ५ हजार जरिवाना : तिर्न नसक्दा महिलाले गरिन् आत्महत्या
    ३ दिन अघि

  • ६

    बहुमतको बिजोग : नयाँ सरकार गठनमा अल्झन
    ४ दिन अघि

  • ७

    पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने
    ४ दिन अघि

  • ८

    फागुन २३ गते संसद् अधिवेशन बोलाउन सिफारिस
    ४ दिन अघि

  • ९

    सर्वोच्चका न्यायाधीश भन्दा ठूला जनता हुन्, अब जनताले गर्छन् फैसला : ईश्वर पोखरेल
    ४ दिन अघि

  • १०

    पहाडी भेगमा मेघगर्जन र चट्टयाङसहित बर्षाको सम्भावना
    ४ दिन अघि

  • सुभयुग प्रभावसबै
    alif photo
    ४ हफ्ता अघि

    भाईरल लोकगायक अलिफ खानको संघर्ष : सडकमा सुतेको दिन सम्झेर यसरी रोए (भिडियोसहित)

    सामाजिक सञ्जालबाट
    १

    येल शेल्बियालाई संसारकै सुन्दर युवतीको उपाधि

    येल विलासी
    २

    दक्षिण कोरियामा गुमाए १० लाखले रोजगारी

    दक्षिण कोरिया
    ३

    पेट्रोलियम पदार्थ बोकेको ट्यांकर र बस ठोक्किएर आगलागी हुँदा ५३ को मृत्यु २९ गम्भीर घाइते

    subhayug
    ४

    अमेरिकामा सांसद नै असुरक्षित : ट्रम्पविरुद्ध मतदान गर्ने सांसदमाथी ‘सुरक्षा खतरा’

    subhayug
    Shubhayug Logo

    www.subhayug.com

    True Solutions Media And Company Pvt. Ltd.
    द्वारा संचालित

    शुभयुगडट कम का लागि

    झम्सिखेल ललितपुर, नेपाल

    ईमेल: subhayugnews@gmail.com

    साईट मेनु

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy Policy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution