९भदौ,काठमाडौं – डिश मिडिया नेटवर्कको ‘डिशहोम क्रेडिट सर्भिस’मा अब १० दिनसम्म क्रेडिट सुविधा पाइने भएको छ ।
कम्पनीले आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा दिने क्रममा यो थप सेवा प्रदान गरिएको बताएको हो ।यस अन्तर्गत डिसहोमले आफ्ना ग्राहकलाई सदस्यता शुल्क समाप्त भइसकेपछि पनि ५ दिनसम्म थप म्याद दिँदै आएकोमा अब उक्त सेवाको म्याद थप गरि १० दिन पु¥याएको हो ।
यो सेवाका साथ ग्राहकले एकपटक किनेको नियमित सेवाको अवधि समाप्त भएपछि थप १० दिनको क्रेडिट सेवा प्राप्त गर्न सक्नेछन् ।नियमित सेवाको अवधि समाप्त भएपछि थप गरिएको क्रेडिट अवधिमा ग्राहकले आफ्नो सेवा नवीकरण गर्दा सोही नवीकरण अवधिमा मिलान हुने छ ।
यो प्रक्रिया झन्झट रहित स्वचालित सेल्फ–सर्भिस मोडल प्रणालीमार्फत संचालित हुने पनि डिसहोमले जनाएको छ । यो सुविधा प्राप्त गर्नका लागि ग्राहकले कुनै प्रकारका अतिरिक्त व्ययभार व्यहोर्नु नपर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar