७,भदौ,विविसि – पाकिस्ताले एउटा अधिसुचना जारी गर्दै मुम्बई हमलाका अभियुक्त अण्डरवर्ल्ड डन दाउद इब्राहिमको कराँची स्थित ह्वाइट हाउसमा उनको घर रहेको खुलाएको छ ।
योसँगै श्रृंखलाबद्ध बम विस्फोट घटनाका मुख्य अभियुक्त इब्राहिम पाकिस्तानमा रहेको खुलेको छ।
फाइनान्स एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे (खराब) सूची अर्थात आतंकवादलाई संरक्षण गर्ने देशको सूचीबाट बाहिरिन प्रधानमन्त्री इमरान खानको सरकारले दाउद इब्राहिम, हाफिज सईद र मसुद अजहर सहित ८८ प्रतिबन्धित आतंकवादी समूहमाथि वित्तीय प्रतिबन्ध लगाएको छ ।
पाकिस्तानी विदेश मन्त्रालयद्वारा जारी लिस्ट अनुसार दाउद कराँची स्थित क्लिफ्टनको ह्वाइट हाउसमा रहेको खुलेको हो । यति मात्रै होइनको दुई स्थानमा छुट्टै बसाई हुने गरेको समेत जनाइएको छ ।
त्यस्तै उनको अन्य भूमिगत नामहरु समेत रहेको रिपोर्टमा उल्लख छ । रिपोर्ट अनुसार उनका जन्म भारतको मुम्बई स्थित महाराष्टमा भएको थियो । भारतीय पासपोर्ट रद्दभएपछि विभिन्न मुलुकमा बस्दै आएका थिए । पाकस्तानी सरकारले जारी गरेको सुचना अुनसार ८८ वटा चरम आतंकवादी संगठनलाई त्यहाँ स्थित सरकारले प्रतिबन्ध लगाएको छ । भारतले दाउद पाकिस्तानको कराँचीमा रहेको दाबी गर्दै आएपनि पाकिस्ताले उक्त दाबी खारेज गर्दै आएको थियो । दियोपोष्ट बाट साभार l
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar