३१ साउन काठमाण्डौं – जिल्ला प्रशासन कार्यलय काठमाडौंले भदौ १५ सम्म एक दर्जनभन्दा बढी कामकारवाही र व्यवसाय गर्न निषेध गरेको छ ।
उपत्यकामा कोभिड १९ संक्रमण बढ्दै गएको भन्दै एक दर्जनभन्दा बढी कामकारवाही र व्यवसाय गर्न निषेध गरेको हो। प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले शुक्रबार आदेश जारी विभिन्न निषेधित गरिएका गतिविधिहरु सार्वजनिक गरेका छन् ।
‘खुल्ला स्थानमा मानिस भेला र जम्मा हुन पाइने छैन । भीडभाड सभा र जुलुस गर्न, जात्रा महोत्सव सञ्चालन तथा दैनिक नित्यपूजा बाहेक सम्पूर्ण धार्मिक गतिविधि पनि बन्द गर्नुपर्नेछ’ जारी आदेशमा भनिएको छ ।
त्यसैगरी स्वास्थ्य मापदण्ड विपरितका गतिविधि, धार्मिक तथा सांस्कृतिक कार्यसम्बन्धी जमघट लगायतलाई निषेध गरिएको दाहालले जारी गरेको सूचनामा उल्लेख छ । यो नियम साउन ३० गते राति १२ बजेबाट भदौ १५ गतेसम्म लागू हुनेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar