काठमाडौं – गएको २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । ५२५ जना नयाँ संक्रमित फेला परेको छन् । जसमा काठमाडौं उपत्यकामा मात्रै १२७ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा पछिल्लो तीन दिन यता लगातार एक सय जनाभन्दा बढी नयाँ संक्रमित थपिएका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १११, ललितपुरमा ११ र भक्तपुरमा पाँच जना भेटिएका छन् । पछिल्लो तीन दिनमा मात्रै काठमाडौं उपत्यकामा ३९९ जना संक्रमित फेला परेका छन् । काठमाडौंमा बुधबार १३८ र मंगलबार १३४ जनामा संक्रमणको पुष्टि भएको थियो ।
संक्रमित व्यक्तिहरूको संख्या २४ हजार ९५७ पुगेको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार अहिले ८ हजार २५ जनामा सक्रिय संक्रमित छ भने १६ हजार ८३७ जना भाइरसमुक्त भएका छन् । सबैभन्दा धेरै सक्रिय संक्रमित प्रदेश–२ मा ३ हजार ५९९ जना र वागमती प्रदेशमा १ हजार ७०३ जना रहेका छन् ।
बिहीवार पुष्टि गरिएका चार मृतकहरूमा तीन पुरुष र एक महिला रहेका छन् । क्षयरोग भएका महोत्तरीका ४५ वर्षीय पुरुषको साउन २५ गते, मुटुसम्बन्धी समस्या भएका अछामका १८ वर्षीय पुरुषको साउन २८ गते निधन भएको हो । त्यस्तै धनुषाका ८५ वर्षीया महिला र मोरंगका मधुमेह एवम् उच्च रक्तचापबाट पीडित ५७ वर्षीय पुरुषको साउन २८ गते संक्रमणका कारण निधन भएको मन्त्रालयले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar