२९ साउन, काठमाडौं – सरोज ओली र अस्मिता अधिकारीको नयाँ गीत ‘माया गरौंला’ युट्युबको शीर्ष स्थानमा उक्लेको छ।
सरोज ओलीकै निर्देशनमा तयार भएको यो गीतमा दिनेश थपलियाको शब्द छ। गीतमा आचार्य कृष्ण भर्दराजले संगीत दिएका छन्। गत बिहिबार युट्युब च्यानल गज्जब टिभीबाट सार्वजनिक माया गरौंलाले हालसम्म १७ लाख बढी भ्यूज पाइसकेको छ। भिडिओमा अभिनेता पल शाह, सुधिर श्रेष्ठ, उषा उप्रेती र सुनिशा बजगाईंको अभिनय तथा नृत्य रहेको छ। नवराज उप्रेतीको सिनेमेटोग्राफी रहेको यो भिडिओ विक्रम स्वारको कन्सेप्ट र कोरियोग्राफीमा तयार भएको हो।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar