२९ साउन, मकवानपुर – वैदेशिक रोजगारका लागि विदेश गएका पतिले घर खर्च चलाउन पठाएको रकमबाट घर खर्च गरेको रकमको हिसाब किताबको पत्नीले विश्वास दिलाउन नसक्दा पति र पत्नीबीच सम्बन्धविच्छेदको प्रमुख कारण बन्न पुगेको छ ।
वाग्मती प्रदेशअन्तर्गत पर्ने मकवानपुर जिल्लामा पनि गत आव ०७६÷७७ मा जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि ५ सय ३१ मुद्दा दर्ता गरिएको थियो । तीमध्ये तीन सय मुद्दा फस्र्याेट गरी पत्नी र पतिबीच सम्बन्धविच्छेद गरिएको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।
जिल्ला अदालतमा अघिल्लो आव ०७४÷७५ मा दर्ता भएका ५ सय १२ सम्बन्धविच्छेदका मुद्दामध्ये अदालतले ३ सय ३३ मुद्दा फस्र्याेट गरेको थियो । जिल्ला अदालतमा विवाहित पत्नीहरूले पतिबाट पारिवारिक हिंसा, दुव्यवहार गर्नुका साथै खान लगाउन नदिएको भनी सम्बन्धविच्छेद गरी पाऊँ भनी दिएको निवेदनअनुसार जिल्ला अदालतको इजलासमा कानुनी बहस हुँदा आर्थिक र पारिवारिक विवादको कारणबाट ६० प्रतिशत सम्बन्धविच्छेद हुन पुगेको जिल्ला अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले बताए ।
विवाहित पत्नीले पतिभन्दा अन्य व्यक्तिसँग हेलमेल गरी अधिक खर्च गरेको भनी पतिले आरोप लगाउँदा करिब ४० प्रतिशत जति विवाहित पत्नी सम्बन्धविच्छेदको सिकार हुनुपरेको पनि श्रेस्तेदार भट्टराईले जानकारी दिए । अदालतको इजलासमा नवविवाहित युवतीले आफ्नो पतिसँग अब कुनै अंशबन्डाको हिस्सा नलिने स्वीकार गर्दै अन्य व्यक्तिसँग नाता जोड्ने मनसाय राखी सम्बन्धविच्छेद गर्ने उद्देश्य राखी निवेदन दर्ता गरिएको पनि श्रेस्तेदार भट्टराईले उल्लेख गरे ।
यसैगरी जिल्ला अदालत मकवानपुरले गत आव ०७६÷७७ मा बाल हिंसा, चोरी र नाबालकले नाबालिकालाई प्रलोभनमा पारी जबर्जस्ती अनुचित कार्य गर्न बाध्य बनाइएको मुद्दामा जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठको बाल इजलासले केही नाबालिकालाई सम्बन्धित अभिभावकको जिम्मा र केही नाबालकलाई सुधारगृहमा कैद भुक्तानका लागि पठाएको जनाएको छ ।
जिल्ला अदालतमा बाल हिंसा अनुचित कार्य गर्ने र चोरी अभियोग सम्बन्धमा समेत गत आवमा २७ मुद्दा दर्ता गराएकामध्ये २० मुद्दाको फस्र्याेट गरी बालबालिकाको इजलासबाट थप सुरक्षा गृहमा बालबालिकालाई पठाइएको पनि जिल्ला अदालतले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar