२८ साउन धादिङ – बिश्व समुदाय देखि हामी सम्पुणर् नेपाली समेत केही महिना देखि कोरोना भाइरसको कारण अत्यन्तै कठिन अवस्थामा छौ । अहिले यो भाइरसको संक्रमण हाम्रो घर, टोल र बस्तीमा समेत देखिन लागेको छ । अहिलेसम्म यसको कुनै औषधि बनेको छैन र यो नयाँ प्रकारको भाइरस भएको हुँदा थुप्रै कुराहरू रहस्यको गर्भ मै छन ।
तैपनि व्यक्तिगत सरसफाइमा ध्यान दिने, साबुनपानीले नियमित हात थुने, घरबाट बाहिर ननिस्कने, बाहिर निस्केको बेला राम्रोसँग मास्क लगाउने, साबुनपानीले हात धुन नमिल्दा स्यानिटाइजरले हात सफा गर्ने, भिडभाडमा नजाने, जानुपर्ने अवस्थामा कम्तीमा २ मिटरको दुरिमा रहने गर्दा यसको संक्रमणबाट बच्न सकिने कुरा बिश्व स्वास्थ संगठनले बताएको छ ।
यति गर्दागर्दै पनि यो महामारी हाम्रो वडामामा प्रवेश गर्न सक्ने अवस्था रहेकोले जिल्ला प्रशासन कार्यालय धादिङ, बेनीघाट रोराङ गाउपालिका र सुरक्षा निकायसग समन्वय गरेर केही दिनको लागि हाम्रो वडा पुणर् रुपमा सिल वा बन्द गर्ने अबस्था पनि आउन सक्छ । यसबाट वडावासी दिदीबहिनी, दाजुभाइ लगायतलाई पर्न जाने असर प्रती हामी क्षमाप्रार्थी छौ। आफ्नो जीवन रहे मात्र सबैथोक रहन्छ भन्ने बुझेर अत्यन्तै सावधानी अपनाउदै कुनै पनि अवस्थामा घर बाहिर ननिस्कन, एकाघरमा बसेका मानिस बाहेक अरु आफन्त नातेदार साथीहरू कसैसँग सम्पर्क नगर्न, कसैकोमा आउजाउ नगर्न, पाहुना हुन जान र पाहुना नबोलाउन, जो जहाँ छौ त्यही बसेर चाडवाड मनाउन सबैलाई विनम्र आग्रह गर्दछौ।
यो अबधिमा यहाहरु मध्य कसैलाई रोग बिमार लागे वा कुनै कठिनाइ परेमा निम्न फोन नम्बरमा सम्पर्क गर्नको लागि हार्दिक अनुरोध गर्दछौ ।
सम्पर्क व्यक्ति मोबाइल
१.भुवन त्रिपाठी : अध्यक्ष ९८५१०११६२८
२.कान्छी माया मगर : सदस्य ९८१३९१५९९३
३ .डम्बर बहादुर लोहनी : सदस्य ९८०३३३३६६८
४.अम्मरराज सिलवाल :सदस्य ९८४१५१८७८२
५.सिता बिक : सदस्य ९८४१०६२४७२
६.सन्जय सापकोटा : ९८४५५४३७७६
७.केशर बहादुर भुजेल : ९८४९७७८८५४
एम्बुलेन्स : ९८६१३३४९३३, ९८४१७१७५३१
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar