१ साउन, काठमाण्डौ – गत मंगलवार धादिङको मलेखुमा पौडी खेल्ने क्रममा बगाएर त्रिशुलीको वीचमा अड्किएका एक ब्यक्तिको शकुशल उद्धार गरिएको थियो ।
मलेखु नजिकै त्रिशुली नदी किनारमा मङ्गलबार अपरान्ह पौडी खेलिरहेका ३ जनालाइ त्रिशुली नदीले बगाएको थियो । २ जना पौडेरै बाहिर निस्किन सफल भएपनि कैलाली जिल्लाको जोशिपुर बस्ने कमलराज जोशी भने त्रिशुली नदीको वीचको भङगालोको वीच भागको ढुङगामा अड्किएका थिए ।
अप्टिकल फाइबर बिछ्याउने काम गर्ने, कैलाली जिल्ला घर भएका अन्दाजी २८ बर्षका कमल जोशी मदिरा सेवन पस्चात् नदिमा पौडिखेल्ने क्रममा बगाएर त्रिशुलीको वीचमा अड्किएका थिए भने उनको करिव ३ घण्टापस्चात् नेपाल प्रहरी, नेपाली शेना, सशस्त्र प्रहरी तथा स्थानियको सहयोगमा उद्धार गरियको थियो ।
भिडियो :
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar