धादिङ, २६ जेठ । धादिङ जिल्लामा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
धादिङको निलकण्ठ नगरपालिकाको क्वारेन्टीनमा बसेका १६ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्रोतले जानकारी दिएको छ ।
भारतबाट फर्किएर निलकण्ठ नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टीनमा बसेका उनीहरुको आरडिटी परिक्षणमा कोरोना पोजिटिभ आएको थियो ।
उनीहरुको स्वाव परिक्षणका लागि जेठ २४ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा पिसिआर रिपोर्ट पोजिटिभ आएको स्रोतले जनाएको छ ।
पिसिआर पोजिटिभ आएका व्यक्तिहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । उनीहरुको कन्ट्राक ट्रेसिङ भइरहेको समेत जनाइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar