२५ जेठ, धादिङ- फोकस नेपाल धादिङले सिद्धलेकको १६ स्थानमा साबुन पानीले हात धुने व्यवस्था गरेको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण जोखिमलाई मध्यनजर गर्दै फोकस नेपाल धादिङले क्रिष्चीयन एडसँगको साझेदारि तथा सिद्धलेक गाउँपालिकाको समन्वयमा हात धुने व्यवस्था मिलाएको हो ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन हात धुनु सबैभन्दा उत्तम उपाय भएकाले गाउँपालिकाको १६ स्थानमा साबुन पानीले हात धुने व्यवस्था गरिएको फोकस नेपाल धादिङका कार्यक्रम संयोजक जिवन सिलवालले बताउनुभयो ।
सर्वसाधारणहरुलाई लक्षित गरी आईतबार गाउँपालिकाको वडा नं १ स्थित बैरेनी र बुङचुङ प्रहरी पोष्ट,गाउँपालिका कार्यालय,वडा कार्यालय,मुख्य बजार क्षेत्र र स्वास्थ्य संस्थालाई गरी १६ स्थानमा साबुन पानीले हात धुने व्यवस्था मिलाईएको कार्यक्रम संयोजक सिलवालले बताउनुभयो ।
सिद्धलेक गाउँपालीकामा फोकस नेपालले क्रिष्चीयन एडको साझेदारीमा सम्पन्न रेजिलेन्ट नेपाल परियोजना अन्तरगत बिभिन्न कार्यक्रम हरु गर्दै आएको छ । यसअघि फोकस नेपाल धादिङले क्रिष्चीयन एड सँगको साझेदारि तथा गाउँपालिकाको समन्वयमा गाउँपालिकाका ७ सय १३ घर परिवारलाई राहत वितरण गरिसकेको छ ।
त्यस्तै गाउँपालिकालाई ३० थान पिपिई, ६५ थान एन ९५ मास्क,१३ थान थर्मलगन लगाएतको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो भने संस्थाले केही दिन पश्चात ८० बेड क्षमताको लागी आवश्यक पर्ने क्वारेन्टाईन सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको फोकस नेपालका परियोजना संयोजक जिवन सिलवालले बताउनुभयो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar