२५ जेठ गोरखा –
गोरखाका १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा शनिवार भएको स्वाब परिक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो । गण्डकी गाउँपालिकाको तीन वटा क्वारेन्टाइनमा रहेका ९ जना र हाल गोरखा सदरमुकाममा रहेका पालुङ्गटार ७ का एक किशोरमा कोरोना संक्रमण पुष्टि भएको हो ।
गण्डकी गाउँपालिकाको भिमोदय आधारभूत विद्यालय र रत्नेश्वर मावि दर्बुङको क्वारेण्टाइनमा रहेका चार/चार जना र ज्ञानमार्ग माविको क्वारेण्टाइनमा रहेेेक एकजनामा पोजेटिभ देेखिएको हो ।
उनीहरूलाई आज आइतवार जिल्ला अस्पताल गोरखाको आइसोलेशनमा ल्याउने तयारी गरिएको छ । सोही अनुसार आइसोलेशन वार्ड तयारभैसकेको अस्पताल ब्यवस्थापन पक्षलेे जनाएको छ । उनीहरुलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको गण्डकी गाउँपालिका-८ का वडाधक्ष्य राम प्रसाद रेग्मीले जानकारी दिए । उनीहरु सबै जेठ १२ पछि भारतबाट आएको समेत रेग्मीले जानकारी दिए।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar