२१ जेठ धादिङ – धादिङ प्रवेश गर्ने प्रत्येक नाकामा थप कडाई गर्ने जिल्ला सुरक्षा समिति धादिङले निष्कर्ष निकालेको छ ।
कोरोना भाईरस अर्थात कोभिड १९ रोकथाम तथा उपचारको सम्बन्धमा जिल्ला सुरक्षा समिति धादिङको बुधबार बसेको बैठकले यस्तो निणर्य गरेको हो ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्न धादिङ जिल्लासगँ जोडिएको प्रत्येक सिमानामा आवागमनमा थप कडाई गर्न लागीयको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । प्रजिअ तामाङका अनुसार जिल्लासगँ जोडिएको प्रत्येक सिमानामा आवागमनमा थप कडाई गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई गस्ती गर्न जिम्मा समेत दिईसकेको छ ।
बैठकले धादिङमा कोरोनाको अवस्था, क्वारेन्टिनको व्यबस्था, राहत बितरण, लकडाउनका कारण अलपत्र परेकाको उद्धार, उपचार, बजारको अनुगमन र आपूर्ति व्यवस्थालाई सहजिकरण गर्ने समेत निणर्य गरेको छ ।
धादिङ जिल्ला अन्र्तगत् त्रिभुवन राजपथ अन्र्तगत् पूर्व सिमाना धुनीबेसि नगरपालिकाको पिप्लामोड र पृथ्वी राजमार्गको बेनीघाट रोराङ गाउपालिकाको मौवा खोलामा पैदल यात्रा पुणर् रुपमा रोक लगाईने, स्थानीय स्तरमा उत्पादन भएका तरकारीहरु नजिकको संकलन केन्द्रमा संकलन गरि थोक बिक्रेता मार्फत बजारसम्म पु¥याउने व्यबस्था गर्ने, आम नागरिकलाई आवश्यक दैनिक उपभोग्य बस्तुको सहज आपुर्तिको लागि विहानदेखि बेलुका सम्म दुध र तरकारी पसलहरु खुल्ला गर्ने र अन्य प्राकुतिक पसलहरु विहान ११ बजेदेखि दिउसो ४ बजेसम्म खोल्ने समेत निणर्य गरेको छ ।
त्यस्तै स्वास्थ्य सामाग्रि, उद्योगहरु, किसानलाई आवश्य पर्ने रासायनिक मल र विउ सहज रुपमा उपलब्ध गराउन सम्बन्धित निकायमा अनुरोध गर्ने र भारत लगायत तेस्रो मुलुकबाट आएकालाई क्वारेन्टाईनमा नै स्वास्थ्य परीक्षण गर्ने ब्यबस्था मिलाउने समेत बैठकले निणर्य गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar