२० जेठ, धादिङ – धादिङको सिद्धलेक गाउँपालिका–५ कुम्पुरकी २३ वर्षीय महिलामा कोरोना सङ्क्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता डा. विकास देवकोटाले ती महिलामा कोरोना सङ्क्रमण पुष्टी भएको जानकारी दिएका छन् । गर्भवती ती महिला प्रशुतिको लागि जेष्ठ १४ गते धादिङको कुम्पुरबाट काठमाडौँ गएकी थिइन् ।
संक्रमीत महिला सिद्धलेक गाउँपालिका वडा नम्बर ५ स्थित हिटी गाउँकि हुन् । उनी संक्रमीत भएको पुष्टि भए पश्चात् अब त्यस गाउँमा उनीसँग सम्पर्कमा रहेकाहरुको परिक्षण गर्ने तयारी गरिएको वडा अध्यक्ष दिल बहादुर घले प्रकाशले जानकारी दिए ।
घलेका अनुसार जिल्ला स्वास्थ्य कार्यालय धादिङ र सिद्धलेक गाउँ पालिकाले बुधबार बिहानैदेखी परिक्षण गर्ने तयारी गरेको छ ।
योसँगै धादिङमा कोरोना भाइरस(कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या ४ पुगेको छ । यसअघि नेत्रावती डबजोङ गाउँपालिकाका १ जना पुरुष, गल्छी गाउँपालिकाकी १ जना महिला र थाक्रे गाउँपालिकाकी १ जना महिलामा सङ्क्रमण पुष्टी भएको थियो ।
कोरोना पुष्टी भएका तिनै जना उपचार गरेर घर फर्किसकेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar