१९ जेठ, धादिङ – नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले जिल्लाका क्रियाशिल ५६ जना पत्रकारहरुको दुर्घटना र कोरोना बीमा गरेको छ ।
धादिङका क्रियाशिल ५६ जना पत्रकारको प्रति व्यक्ति रु.६५० का दरले ज्योति लाइफ इन्स्योरेन्समा दुर्घटना बीमा र नेको इन्स्योरेन्समा प्रति पत्रकार रु.६०० का दरले ४४ जना पत्रकारहरुको निशुल्क कोरोना बीमा गरेको हो ।
पत्रकार महासंघ धादिङ शाखाका सचिव राजाराम शर्माका अनुसार दुबै बीमा मार्फत लाग्ने प्रति व्यक्ति खर्च १ हजार २५० रुपैया सबै पत्रकार महासंघ धादिङ शाखाले नै तिरेको छ ।
यता धादिङका पत्रकारहरुले गरेको बीमामा दुर्घटनामा परि मृत्यु भएमा २ लाख, कुनै पनि कारणले मृत्यु भएमा १ लाख , पूर्ण अपाङ्ग भए १ लाख, आम्शिक अपाङ भए कम्पनीको नियमानुसार बढीमा १ लाख, दुर्घटनामा परि औषधी उपचार गर्नु पर्यो भने १० हजार, काजक्रिया खर्च १० हजार दिईने ज्योती लाईफ इन्सुरेन्स धादिङ शाखाका प्रमुख जयराम ढुङ्गानाले बताए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar