• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ २३, शुक्रबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बाजुराको बाम्का बजारमा भीषण आगलागी

८ घण्टा अघि
२

भिजिट भिसा प्रकरणले पैदा गरेको संसद् गतिरोध अन्त्य गर्न देउवा–प्रचण्डबीच छलफल हुने

१० घण्टा अघि
३

गृहमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने विपक्षी दलको निष्कर्ष

११ घण्टा अघि
४

कोदालो प्रहारबाट बुबा र छिमेकीको हत्या

१२ घण्टा अघि
५

ट्रम्प-मस्कबीचको मतभेद चर्किंदै : सार्वजनिक आरोप–प्रत्यारोप

१३ घण्टा अघि
६

मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

१४ घण्टा अघि
७

मधेश प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

१५ घण्टा अघि
८

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

१५ घण्टा अघि
९

अर्जुन पोखरेलको ‘आमा’ सार्वजनिक

१५ घण्टा अघि
१०

आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै

१६ घण्टा अघि
११

सिटिजन्स बैंकले सुरु गर्यो र्यापिड एपिआई बैंकिङ

१६ घण्टा अघि
१२

अमेरिकाले खारेज गर्याे नेपाललाई दिँदै आएको टीपीएस सुविधा

१६ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • rajendra sir photo १

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    २ हफ्ता अघि
  • deuba and janardan २

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    ३ हफ्ता अघि
  • gs moters ३

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    १ हफ्ता अघि
  • United Cement ४

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    १ हफ्ता अघि
  • hariharpur gadhi ५

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    ३ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ६

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    १ हफ्ता अघि
  • samsad abarod ७

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    १ हफ्ता अघि
  • anema sangh ८

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    ३ हफ्ता अघि
  • sadak bivag dg ९

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    १ हफ्ता अघि
  • prithvi highway pul १०

    पृथ्वी राजमार्गको थाँक्रेमा पुलमा भ्वाङ परेपछी यातायात ठप्प

    १ हफ्ता अघि
  • भारतमा विध्वंश मच्चाउँदै सलह किरा : नेपाल छिर्ने सम्भावना कति ? भिडियो रिपोर्ट

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ जेष्ठ १८, आईतबार (५ साल अघि)
  • १४७७ पाठक संख्या
  • salaha kira

    १८ जेठ काठमाण्डौ – कोरोना भाइरस र फौजी किराको चपेटामा परेका किसानलाई अर्को प्रकोपले चिन्ता थपिदिएको छ ।

    बालीमा फौजी किराभन्दा धेरै नोक्सानी पुर्याउने सलह किरा नेपाल प्रवेश गरे कसरी नियन्त्रण गर्ने र बालीलाई कसरी जोगाउने भन्नेबारे किसानहरु चिन्तित बन्न थालेका छन् । सँगै कृषि र कीट विज्ञहरु सोचमग्न भएका छन् ।

    https://youtu.be/RioGM9GL9LY

     

    अफ्रिकी देशहरु केन्या, सोमालिया, तान्जानिया, युगान्डा र दक्षिणी सुडान हुँदै सलह किराहरुको फौज इरान र पाकिस्तान पुगे । पछिल्लो समय भारतमा उधुम मच्चाउँदैछ।

    यसअघि सलह किरा भारतको राजस्थानसम्म मात्र देखिएपनि यसपालि भारतका पन्जाब, महाराष्ट्र र दिल्लीलगायत प्रान्तसम्म आइसकेका छन् ।

    के हो सलह किरा ? 

    सलह किरा झुन्डमा हिँड्ने फटेङ्ग्राकै एउटा प्रजाति हो । यो किरा विशेषगरी मरुभूमिमा रमाउँछ । यसले फौजी किराभन्दा हजारौँ गुणा बढी बालीमा क्षति पुर्याउँछ । सलहको जीवन चक्र तीन चरणमा पूरा हुन्छ । अण्डा, बच्चा र वयस्क । वयस्क बनुन्जेलसम्म यो किराले ५ देखि ६ पटकसम्म काँचुली फेर्छ । वयस्कको अवस्थासम्म पुग्दा यसको पहेँलो रङमा कालो थोप्ला हुन्छन् ।

    यो किराको बच्चा १ देखि ३ महिनामा पूर्ण वयस्क बन्छ । वयस्क किरा ४ देखि ५ महिनासम्म बाँच्छ । सलह किराको पखेटा दर्हो हुने हुँदा यसले लगातार ९–१० घण्टासम्म उड्न सक्ने क्षमता राख्दछ । तर २–३ घण्टासम्म उड्दै, बाली खाँदै र आराम गर्दै यो किरा उडिरहन्छ ।

    भारतमा देखिएका सलह किरा अफ्रिका र मध्यपूर्वमा वयस्क भएर उडेका विज्ञले बताएका छन् । बलौटे माटोमा फूल पार्ने यो किराले विशेषगरी गर्मी महिनामा आफ्नो वंश विस्तार गर्छ ।

    नेपालमा अहिलेसम्म यो किराले फूल पारेको प्रमाण भेटिएको छैन । तर सन् १९६२ मा यो किरा नेपाल आएको पाइएको छ । त्यतिवेला यसले नेपालमा नै फूल पारेर विकसित भएको वा झुन्डमा आएको भन्ने पुष्टि भइनसकेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वरिष्ठ कीट विज्ञ डाक्टर सुनिल अर्यालले बताउनुभयो ।

    ४ करोडदेखि ८ करोडको झुन्ड :

    सन् १९६२ मा काठमाण्डौमा संकलन गरिएको नमुनाको पहिचान कीट विज्ञान महाशाखाको सङ्ग्रहालयमा राखिएको छ । यो किरा ४ करोडदेखि ८ करोडसम्मको झुन्डमा उड्छ । यो किराको झुन्डलाई वर्गीकरण गरेर विभिन्न समूहमा राखेको पाइन्छ ।

    एक किलोमिटरदेखि १० किलोमिटरसम्म बस्नेलाई सानो समूह, १० देखि एक सय किलोमिटर बस्नेलाई मध्यम र सयदेखि ५ सय किलोमिटरमा बस्नेलाई ठूलो र त्योभन्दा झन् ठूलो समूहमा बस्नेलाई अझै ठूलो झुन्डमा हिँड्ने भनेर वर्गीकरण गरिएको कीट विज्ञ अर्याल बताउनुहुन्छ । यस्तै यो किराले एक पुस्तामा आफ्नो सङ्ख्या २० गुणा बढाउने गर्दछ ।

    नेपाल प्रवेशको सम्भावना

    भारतमा यो किराले गहुँ र तोरीलगायतका बाली सखाप पारिरहेको छ । हावाको  दिशामा उड्ने यो किरा अम्पुन नामक चक्रबातको प्रभावले भारतका विभिन्न भागमा फैलिएको विभिन्न अध्ययनले देखाएको छ ।

    यस्तै, पश्चिमी वायुको गति बढे सलह किरा नेपाल भित्रिन सक्ने पूर्वानुमान गरिएको छ । पश्चिमी क्षेत्रबाट वायुको वेग आए त्यही वेगको बाटो हुँदै यो प्रवेश गर्ने विज्ञले बताएका छन् ।

    पश्चिम नेपाल उच्च जोखिममा

    नेपालको पश्चिम क्षेत्र यो किराको उच्च जोखिममा रहेको विज्ञले बताएका छन् । विज्ञका अनुसार यो किरा गर्मी बढेपछि बढी सक्रिय हुन्छ । ३० देखि ४० डिग्री तापक्रमभन्दा धेरै गर्मी भएपछि यो किरा एक ठाउँबाट अर्को ठाउँमा उडेर जाने वरिष्ठ कीट विज्ञ अर्यालले बताउनुभयो ।

    उहाँ भन्नुहुन्छ, ‘सलह किरा हावाको वेगसँगै भित्रिन्छन् । हावा उच्च गतिमा नआए सलह किराको नेपाल प्रवेश सम्भव छैन ।’ नेपालमा वेलैमा मनसुन भित्रिएपनि यो किरा नेपाल प्रवेश गर्न नसक्ने विज्ञहरुको भनाइ छ ।

    यसले पार्ने क्षति

    रातमा बास बस्ने यो किराले उज्यालोमा बालीलाई नष्ट गर्छ । तापक्रम केही बढेपछि झुन्डमा उड्छ । रुख, घारी र झाडी जता पनि यो किरा बस्न सक्छ । विज्ञका अनुसार आकारमा सानो भए पनि एकै पटक करोडौँको सङ्ख्यामा हुने भएकाले एकै चोटिमा धेरै बाली सखाप पार्छ ।

    कीट विज्ञ अर्यालका अनुसार एक वर्ग किलोमिटरमा बस्ने सलह किराको समूहले १० हात्ती बराबर र २५ सय मानिसको आहार बराबरको बाली नष्ट पार्छ ।
    एउटा सलहको आहार एक दिनमा २ ग्राम मात्रै हो । तर यो किरा लाखौँ/करोडौँको समूहमा हुने भएकाले एकै पटक सबै बाली खाइदिन्छ ।

    यसले फल मात्रै नभएर पात र डाँठ पनि सखाप पार्छ । ‘एकै पटक लाखौँ र करोडौँको सङ्ख्यामा बस्ने र खाने भएकाले यसले गर्ने क्षतिको आकलन गर्न सकिन्न,’ वरिष्ठ विज्ञ अर्यालले भन्नुभयो, ‘झुन्डमा एकै पटक बस्ने हुँदा बाली एकै पटक नष्ट गर्छ ।’

    सलह किराहरु धेरै सङ्ख्यामा र ठूलो क्षेत्रलाई ढाकेर बस्ने र उड्ने भएकाले  नेपालमा मात्रै नभएर विश्वमा नै चुुनौती बनेको छ । यो किरा जता जता पुग्छ, त्यता त्यता सबै बाली सखाप गर्ने विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार एक दुई घण्टामा नै सलह किराको झुन्डले आफू बसेको क्षेत्रको बाली सखाप पार्छ ।

    नियन्त्रण र रोकथाम  

    सलहको प्रकोप फैलिरहेको अफ्रिका र मध्यपूर्वलगायतका केही देशमा हेलिकोप्टरको माध्यमबाट वा ड्रोनको सहायताले यसलाई नष्ट गर्न रसायनिक विषादी छर्ने गरिएको छ । यी देशमा सलह नियन्त्रणका लागि संस्थागत संरचना  गठन गरिएका छन् भने अन्तर्राष्ट्रिय संस्थाहरुले सहयोग गरिरहेका छन् ।

    तर नेपालमा अहिलेसम्म यस्तो अभ्यास भएको छैन । सलह देखिएपछि अन्तर्राष्ट्रिय संघसंस्थासँग सहयोग लिने सरकारको तयारी छ । वरिष्ठ विज्ञ डाक्टर अर्यालका अनुसार यो किराले ठूलो आवाज रुचाउँदैन । सबैभन्दा पहिले यो किरा प्रवेश गरेको नगरेकोबारे किसान चनाखो हुनुपर्छ । यो किरा प्रवेश गरे यसलाई ठूलो आवाजमा स्पिकर बजाएर धपाउन सकिन्छ । विज्ञ अर्यालका अनुसार खेतबारीमा थाल ठट्टाएर पनि यसको रोकथाम गर्न सकिन्छ ।

    यस्तै, यो किरालाई चराले खाने भएकाले खेतबारीको छेउछाउ र बीच भागमा चराका लागि बासस्थानको व्यवस्था गर्न सकिन्छ । बाँसको टोड्को बनाएर चराको बासस्थान बनाए चराले यी किरालाई खाइदिन्छ ।

    यति गर्दा गर्दै पनि किरा नियन्त्रण गर्न नसकिए रसायनिक विषादी छर्नुपर्छ । तर बालीनालीमा देखिने फौजी र अरु किरालाई जसरी विषादी छर्किने सम्भावना नहुने हुँदा पानीको गाडीलाई छेउमा राखेर स–साना पानीको थोपा फाल्ने मेसिनमार्फत विषादी छर्कनुपर्छ ।

    सरकारको तयारी

    नेपालमा सलह किरा प्रवेश गर्ने जोखिम बढेपछि रोकथामका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि वैज्ञानिक र प्राविधिक सम्मिलित प्राविधिक समिति गठन गरेर अध्ययन थालेको छ ।

    सलह किरा के हो र यसले बालीनालीमा कसरी असर गर्छ भन्ने जानकारीसहितका सामग्री किसानसम्म पुर्याउने सरकारको तयारी छ । विज्ञका अनुसार सलह किराको रोकथामका लागि मुख्य उपाय भनेको बालीनालीको अनुगमन र यो किरा कुन दिशामा उडिरहेको छ भन्ने कुरा नै हो ।

    आतङ्कित नभईकन यसको रोकथामका उपायबारे पूर्व तयारी गरिने मन्त्रालयले जनाएको छ । नेपालको हावापानीमा सलह किराले फुल पार्ने सम्भावना नरहेकाले यसको झुन्डमा केन्द्रित भएर रोकथामका उपाय अपनाइने कृषि मन्त्रालयको भनाइ छ । उज्यालो अनलाईनवाट साभार

    प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • ट्रम्प-मस्कबीचको मतभेद चर्किंदै : सार्वजनिक आरोप–प्रत्यारोप

  • अमेरिकाले खारेज गर्याे नेपाललाई दिँदै आएको टीपीएस सुविधा

  • १२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध

  • दक्षिण कोरियाको राष्ट्रपतिमा ली जे–म्यूङ विजयी


  • समाचार
  • १

    बाजुराको बाम्का बजारमा भीषण आगलागी
    ८ घण्टा अघि

  • २

    भिजिट भिसा प्रकरणले पैदा गरेको संसद् गतिरोध अन्त्य गर्न देउवा–प्रचण्डबीच छलफल हुने
    १० घण्टा अघि

  • ३

    गृहमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने विपक्षी दलको निष्कर्ष
    ११ घण्टा अघि

  • ४

    कोदालो प्रहारबाट बुबा र छिमेकीको हत्या
    १२ घण्टा अघि

  • ५

    ट्रम्प-मस्कबीचको मतभेद चर्किंदै : सार्वजनिक आरोप–प्रत्यारोप
    १३ घण्टा अघि

  • ६

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा
    १४ घण्टा अघि

  • ७

    मधेश प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
    १५ घण्टा अघि

  • ८

    कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?
    १५ घण्टा अघि

  • ९

    अर्जुन पोखरेलको ‘आमा’ सार्वजनिक
    १५ घण्टा अघि

  • १०

    आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै
    १६ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    ट्रम्प-मस्कबीचको मतभेद चर्किंदै : सार्वजनिक आरोप–प्रत्यारोप

    subhayug
    २

    अमेरिकाले खारेज गर्याे नेपाललाई दिँदै आएको टीपीएस सुविधा

    subhayug
    ३

    १२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध

    subhayug
    ४

    दक्षिण कोरियाको राष्ट्रपतिमा ली जे–म्यूङ विजयी

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution