७ जेठ,धादिङ — धादिङ जिल्लामा पृथ्वी राजमार्गबाट त्रिशूली नदी तर्न समेत कडाई गरिएको छ ।
कोरोना भाइरस नियन्त्रण गर्न लकडाउन गरिएको करिब २ महिना पुग्नै लाग्दा सदरमुकाम धादिङबेंसी लगायत त्रिशूली नदी वारिका ८ स्थानीय तहमा प्रवेश गर्न कडाई गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बुधबार बसेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति बैठकले जिल्ला सदरमुकाम लगायतमा विशेष सावधानी अपनाउने र त्रिशूली नदी र बुढीगण्डकी नदी तरेर आउने सवारी साधनहरुलाई विशेष निगरानी गर्न बुधबार सिद्धलेकको फुर्के खोलास्थित पुल र गोरखाबाट आउने बूढीगण्डकीका आरुघाट र बुङकोटघाट पुलमा अस्थायी प्रहरी पोष्ट खडा गरेर जाँचमा कडाई गर्ने निर्णय गरेको थियो ।
निर्णयलगत्तै सिद्धलेक गाउँपालिकाले फुर्केखोला र त्रिपुरासुन्दरी गाउँपालिकाले आरुघाटमा सवारीसाधन तथा व्यक्ति जाँच गर्न अस्थायी पोष्ट निर्माण गरिएको छ । ‘जिल्ला प्रवेश गर्ने मुख्य ३ नाकाहरुमा अस्थायी पोष्ट खडा गरी प्रहरी बसिसकेको छ, प्रहरीलाई स्थानीय स्वयंसेवी युवाहरुले सहयोग गर्ने छन्’ जिल्ला प्रहरी प्रमुख रवीन्द्र रेग्मीले भने । इकान्तिपुर मार्फत साभार ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar