३ जेठ, धादिङ – धादिङको गल्छि गाउँपालिका ८ गोगनपानी कटुवालपौवाकी कोरोना सँक्रमित महिलाको श्रीमानलाई कोरोना संक्रमण नेगेटिभ देखिएको छ ।
श्रीमान् श्रीमती दुबैले एकैपटक कोरोना जाँच गराएको भएपनि श्रीमतीको बिहीबार रिर्पोट पोजेटिभ आएको थियो भने श्रीमानको शुक्रबार मात्र रिर्पोट आएको र उक्त रिपोर्ट नेगेटिभ रहेको धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।
प्रजिअ तामाङले सँक्रमित महिलाको श्रीमानमा कोरोना नेगेटीभ देखिनु नै सुखद पक्ष रहेको बताएका छन् ।
स्वास्थ्य मन्त्रालयबाट आजै १ हजार २ सयको सँख्यामा आरडिटी प्राप्त भएको र प्रदेशका स्वास्थ्य निर्देशक डब्लुएचओको टिम सहित धादिङमा आएको समेत प्रजिअ तामाङले बताए ।
यता गल्छी गाउँपालिका ८का वडा अध्यक्ष भरत तामाङले पनि आजै स्वास्थ्यकर्मी सहितको टोली उक्त कटुवाल पौवा गाउँ गएर चेकजाँच गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar