२ जेठ काठमाडाैं – शुक्रबार बिहान नेपालमा ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
राष्ट्रिय प्रयोगशाला टेकु र भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणमा ९ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह-प्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय प्रयोगशाला टेकु र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बाँके नैनापुर वडा नम्बर १, ३ र ५ का २५ वर्षका दुई जना तथा १८, २०, २२, २७ , ३२ र ३६ वर्षका पुरुष र मकवानपुरका ३७ वर्षका पुरुष गरी थप नौ जनामा कोरोना पुष्टि भएको छ ।
उनीहरूको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका पनि डा.अधिकारीले बताए । योसँगै नेपालमा सङ्क्रमितको संख्या २ सय ५८ पुगेको छ ।
बिहीबार बेलुकी विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका एक जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या ३६ पुगेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar