१ जेठ धादिङ – पछिल्लो समय कोरोना भाइरस कोभिड–१९ को संक्रमण बढेपछि राजमार्गमा गुड्ने सवारी साधनको निगरानी बढाइएको छ ।
पृथ्वी राजरामार्ग र त्रिभुवन राजपथ अन्तरगत धादिङ खण्डमा गुड्ने सवारी साधनलाई रोक्न नदिन निगरानी बढाएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायव उपरिक्षक खगेन्द्र बहादुर खड्काले बताउनुभयो ।
विशेषगरि प्रहरीले भारतबाट काठमाडौंका लागि अत्यावश्यक सामाग्री लिएर आएका सवारी साधनहरुको निगरानी बढाइएको हो । खाना, खाजा खान राजमार्गका विभिन्न स्थानमा सवारी साधन रोकिंदा स्थानीयमा संक्रमण बढ्न सक्ने आशंकामा सवारी साधन रोक्न निषेध गरिएको पनि खड्काले बताउनुभयो ।
पछिल्लो समय सरकारले लकडाउनलाई कडाई गर्ने निर्णयपछि राजमार्गमा गुड्ने सवारी साधनमा भने कमी आएकोछ । यसअघि दिईएका सवारी पास खारेजगरेपछि राजमार्गमा गुड्ने सवारीसाधनको संख्या ह्वात्तै बढेको ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख नेत्रप्रसाद भट्टले बताउनुभयो ।
वैशाख २५ गतेबाट लकडाउनलाई खुकुलो बनाउँदा यायातका साधनले राजमार्गनै भरिएको थियो । सरकारले अहिले एक जिल्लाबाट अर्काे जिल्ला प्रवेश गर्न समेत रोक लगाएकोछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar