३० बैशाख, काठमाण्डौ – कुनै बेला दैलेखको जङ्गलमा त्यतिकै खेर गइरहेको गुर्जोको सेवनगर्नेहरु आजभोली ह्वातै बढेको छन् ।
गुर्जोको सेवन गर्दा कोरोना भाइरस (कोभिड— १९) को सङ्क्रमण नहुने विश्वासले पछिल्लो समय दैलेखमा यसको सेवनकर्ता बढेका हुन् । लकडाउनका कारण दैलेख बजार बन्द भएपछि यहाँका अधिकाँश व्यक्ति नजिकैको जङ्गलमा गुर्जो लहरा खोज्न जाने गरेका छन् । गुर्जो खोजेर ल्याएपछि उनीहरु त्यसको सेवन गर्न थालेका छन् ।
केही दिन पहिले भारतीय योग गुरु बाबा रामदेवले कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमणबाट बच्न गुर्जोको रस पीउँदा बढी फाइदा हुने बताएपछि अहिले गुर्जो सेवनकर्ताको सङ्ख्या ह्वातै बढेको हो । यहाँका स्थानीवासी आजभोलि प्रायजसो प्रत्येक दिन गुर्जो खोज्न जङ्गल जान थालेको ठाटीकाँध गाउँपालिका—५का वडाअध्यक्ष पंखबहादुर शाहीले बताए । उनले भने, ‘गाईभैसीलाई घाँस काटन, मेलापात जाने अधिकाँश गाउँका मानिसले घाससँगै गुर्जो ल्याउँछन् ।’
आजभोली गाउँभन्दा बजार क्षेत्रमा गुर्जोको प्रयोगकर्ता बढेको योग गुरु शंकर थापाले बताए । ‘अहिले अधिकाँश घरमा यसको प्रयोग बढेको छ । कर्मचारी ,बुद्धिजिवी र व्यापारी गरी करिब तीन सय शिष्यलाई गुर्जाेको पानी सेवन गर्न सल्लाह दिएको छु,’ उनले भने, ‘हिजोआज उनीहरु नियमित रुपमा गुर्जोको सेवन गरिरहेका छन् ।’
‘योगका साथै हामीले गुर्जोको रस सेवन गर्दा कुनै रोगले छुदैन भन्ने सिकराइरहेका छौं,’ योग गुरु थापाले भने, ‘यो लहरा संजीवनी बुटी जस्तै हो । अधिकाँश आयुर्वेदिक औषधीमा गुर्जोको प्रयोग हुने भएकाले यसलाई रामवाण औषधी भनिएको हो ।’ गुर्जोमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता भएकाले यसको प्रयोग गर्दा अन्य रोगबाट बच्न सकिने थापा बताउँछन् ।
वनस्पति विज्ञ आयुर्वेदिक चिकित्सकले यो रोगसँग लड्न सक्ने क्षमता बढाउन मद्दत गर्ने भएकाले गुर्जो सेवन गर्न सल्लाह दिएका छन् । औषधी नहुँदा गाउँघरमा गुर्जोकै रस सेवन गरि विभिन्न रोग निको भएको थुप्रै उदाहरण रहेको दैलेख चामुण्डा नगरपालिका–३ का रजबहादुर शाहीले बताए । ‘म गाउँघरमै जडिबुटीबाट औषधोपचार गर्दै आएको छु । अहिले ७३ बर्षको भए । मैले बाथ, ज्वरो, रुघाखोकी जस्ता विभिन्न रोगको उपचार गरेको छु, यी सबैमा गुर्जोको प्रयोग गर्ने गरेको छु,’ उनले भने । खबर हब बाट साभार ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar