• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ श्रावण ४, आईतबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता घोषणा

१ दिन अघि
२

भ्रष्टाचारविरुद्ध छानविनकाे माग गर्दै अख्तियारमा ज्ञापनपत्र बुझाउन दलबलसहित पुग्यो राप्रपा

१ दिन अघि
३

प्रभु हेलिकप्टरले आइपिओ जारी गर्दै

१ दिन अघि
४

नेप्से ७५ अंकले बढ्यो, १६ अर्बभन्दा बढीको कारोबार

२ दिन अघि
५

साफ यु–२० महिला च्याम्पियनसिप : श्रीलंकालाई ७–० गोलले हराउँदै नेपालको जित

२ दिन अघि
६

अलास्कामा ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प

२ दिन अघि
७

नगरपालिकाका सबै प्रधानाध्यापकको सामूहिक राजीनामा

२ दिन अघि
८

तोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

२ दिन अघि
९

ब्याजदर घटेसँगै सेयर बजार उकालो, नेप्से २७९४

३ दिन अघि
१०

नेपाल लाइफद्वारा १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै रेकर्ड कायम

३ दिन अघि
११

भिजिट भिसा प्रकरणको तरंग : फेरी फेरिए विमानस्थल अध्यागमन प्रमुख

३ दिन अघि
१२

नक्कली नोट र लागूऔषधसहित कोहलपुरबाट दुई जना पक्राउ

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • press met १

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    ४ हफ्ता अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 २

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    ३ हफ्ता अघि
  • rajendra pande samsad ३

    मन्त्रीको घुस डिलबारे सभामुख मार्फत एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्रीसंग जवाफ 

    ६ दिन अघि
  • rajendra ४

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    २ हफ्ता अघि
  • skt mak ५

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    ३ हफ्ता अघि
  • arun tiwari and durge ६

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

    ३ हफ्ता अघि
  • charaudi ७

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

    १ हफ्ता अघि
  • trisuli nadi badhi ८

    रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह

    १ हफ्ता अघि
  • kp oli cabinet baithak ९

    प्रधानमन्त्री ओलीले आह्वान गरे मन्त्रिपरिषद बैठक

    १ हफ्ता अघि
  • kp oli sambodhan १०

     वर्ष दिन सम्म पनि विवादको भुमरीमै अल्झियो ओली नेतृत्वको सरकार

    ४ दिन अघि
  • महिनौँ दिनसम्म बल्छी थाप्दा त्रिशुली नदिमा भेटियो ३० किलोको माछा :भिडियो सहित

    न्युज डेस्कप्रकाशित मिति: २०७७ बैशाख २०, शनिबार (५ साल अघि)
  • ५१९ पाठक संख्या
  • big fish6

    २० वैशाख,धादिङ – धादिङ स्यादुलका ३९ बर्षिय रामकुमार चेपाङ ४ बर्षको उमेरदेखी माछा मार्न आफ्ना बाबुका साथ त्रिसुली नदि जाने गर्दथे ।

    https://youtu.be/d36SmG1g82g?t=11

     

    बिगतमा बाबुसंग माछा मार्न जाँदा बिगतमा दिनानु दिन त्रिसुली नदिमा प्रशस्त मात्रामा माछा भेटिने गरेको उनको अनुभव छ । बाबुछोरा भएर एक दिनमा झण्डै न्युनतम ३ देखि १० केजी सम्म जाल मार्फत् साना माछा मार्ने गरेको र २/३ दिनमा बल्छीमा समेत नियमित रुपमा ७० केजी सम्मको ठुला माछा पारेको अझै झलझली याद आईरहन्छ ।

    दिनभर नदिमा माछा मारेर कहिले गाँउघरमा त कहिले मलेखु बजारमा बिक्रि गरेर उनी घर खर्च चलाउथे । चैत महिनाको गर्मी यामदेखी जेठ महिना सम्म उनीहरु माछा मार्नकै लागि त्रिसुली नदि किनारामै समय बिताउँथे । अहिले तिनै रामकुमार चेपाङ ३९ बर्षका भए तरपनी रामकुमारको पेशा भने फेरियको छैन । रामकुमारको बाबुको मृत्यु भैसक्यो तर रामकुमार चेपाङ कहिले श्रीमती त कहिले छोराका साथ त्यसैगरी माछा मार्नकै लागि त्रिसुली नदि किनारामै जान भने छाडेकै छैनन् ।

    पछिल्लो समय कोरोना भाईरस रोकथाम गर्न सरकारले गरेको लकडाउनका कारण त्रिसुली नदि आसपासका क्रसर तथा बालुवा प्रशोधन केन्द्र फिरफिरे बन्द हँुदा नदि संग्लीयको देखेपछि रामकुमार चेपाङ छोराका साथ माछा पाईने आसमा फेरी त्रिसुली नदिमा आए । तर लकडाउनका कारण संग्लीयको नदि बर्षातका कारण फेरी धमिलियो । बर्षतले धमिलियको नदिमा पाछा पाईने आषामा बिगत १ महिनाअघीदेखी धादिङको सिद्धलेक गाँउपालिका वडा नं.४ आरुबासटार स्थित् त्रिशुली नदीमा पानीको गहिरो ताल हेरेर १० थान बल्छी थापेर बसे ।  दिनभरी जाल खेल्ने र रातभरी सोहि जालमा परेको साना माछा ठुला माछालाई आहारा राखेर ठुलो बल्छी क्रमशः थापीरहको चेपाङ बताउछन् ।

    एक महिना अघिदेखि चेपाङले बल्छि थापेपनि माछा परेको थिएन । माछा परे नपरेको संकेत पाउन चेपाङले खाना खाने थालमा ससाना ढुङ्गा राखेर जागाराम बसीरहे । सोहि क्रममा रामकुमार चेपाङले एक महिना अघीदेखी थापेको एक बल्छीमा शुक्रबार राती अन्दाजी २ बजे माछा परेको संकेत पाए । बल्छी तान्न चेपाङले रातभर मिहेनेत गरे तर गहिरो तालका कारण र दलदले भएका कारण उनलाई बल्छी तान्न र माछा निकाल्न हम्मे हम्मे प¥यो ।

    बल्छी तान्न र माछा निकाल्न रामकुमारको बाबु छोरालाई हम्मे हम्मे परेपछि शनिबार एका बिहानै स्थानियको सहयोगमा माछा निकालेर जोख्दा ३० किलो तौल रहेको गोँच प्रजातीको ठुलो माछा प¥यो चेपाङले बताए ।


    यसअघि ७० किलोसम्मका माछा पार्ने गरेको चेपाङले बताए । क्रसर उद्योग र बालुवा धुने मेसिनका कारण जालमा र बल्छीमा माछा पर्न छाडेको उनले बताए । नदि धमिलिएको बेला माछा पाउन समेत मुस्किल हुने चेपाङ बताउँछन् ।

    पछिल्लो समय त्रिसुली नदिमा माछा भेटिनै छाडेको उनी बताउँछन् । अहिले दिनभरी जाल हानेपनि एक केजी सम्म पनि माछा भेटिदैन । बिगत १२/१३ बर्षअघीदेखी त्रिसुली नदि आसपास निर्बाध रुपमा संचालित् क्रसर तथा बालुवा प्रशोधन केन्द्र फिरफिरे र त्यसवाट फ्याँकेको लेदो नदिमै हालेको र करेन्ट खेल्नेहरुका कारण माछाको उत्पादननै हुन नपाएको उनको ठम्याई छ ।

    बाह्रै महिना त्रिसुली नदि धमिलो बग्ने गरेको छ, धमिलो पानीमा माछाको फुलवाट भुरा उत्पादननै हँुदैन त्यसैका कारण पछिल्लो समयमा माछाको बसोबास क्षेत्र नै ध्वस्त भयो । त्यसैका कारण त्रिसुली नदिमा माछाको मात्रा नै घटेको उनको ठम्याई छ । जसका कारण माछा लोप हुदै गईरहेको छ ।

    “करेन्ट नदि धमिलो बग्ने गरेको र विषका कारण माछाका भुरासमेत नष्ट भयो ।, पहिले सानातिना खोलामा पनि जताततै प्रशस्त माछा देख्न पाईन्थ्यो, तर अहिले सामान्य रुपमा मात्रै भेटिन्छन् ।” चेपाङले बताए । नदि अत्यधिक धमिलो भएकै कारण अहिले अक्कल झुक्कल बाहेक प्रायप्त मात्रामा माछा पाइनै छाडेको रामकुमारले बताए ।

    त्रिसुली नदिको माछा निक्कै स्वादिलो हुन्छ । त्रिसुली नदिमा कत्ले, काँडे, जलकपुर रघु, असला, ठेड,बाम् गोचं, शहर लगायत थुप्रै प्रजातीको माछा पाईन्छ ।

    त्रिसुली नदिमा बल्छी, माहा जाल, आँखी जाल, तियारी जाल, घम्का खात, ढडियाँ बनाएर माछा मार्ने चलन छ । बिगत देखीनै धादिङको मलेखु बजार त्रिसुली नदिको लोकल माछाको रुपमा प्रचलित छ । त्यसैले अहिले त्रिसुली नदिको लोकल माछाको बजारमा अत्यधिक माग समेत छ । तर त्रिसुली नदि अत्यधिक धमिलो भएकै कारण माछा पाइनै छाडेको छ ।

    नदि अत्यधिक धमिलो भएकै कारण अधिकांश नदि तथा खोलामा माछा सकिएका बताउँदै उनले धमिलो पानीकै कारण नदिका अन्य जलचर प्राणीसमेत लोप भईरहेको बताए । उनले भने,‘ माछा पाउन कठिन भइसक्यो । माछा संरक्षण गर्ने कोही भएन । प्रयोग गर्ने धेरै भए । ’

    यहाँ माछा मार्न जाल प्रयोग गरिन्छ उनले भने,‘ १० वर्षयता जाल खेल्दा १ केजी माछा समेत राम्रो संग भेटिएको छैन । धमिलो पानीकै कारण माछामा बढी क्षति हुने गरेका पाईएको छ । ’ विषले जस्तै धमिलो पानीले ३/४ दिनसम्म माछा र भुरामा क्षति पुर्याउने गरेको चेपाङ बताउछन् । पछिल्लो समय नदीमा मानवीय क्रियाकलाप बढदै गएपछि यहाँका लोकल असला माछा संकटमा परेको छ । अहिले असला माछा विश्वमै लोपन्मुख मानिन्छ ।

    यो माछा निकै स्वादिलो हुन्छ । त्यसलै सबैको रोजाईमा पर्छ । ‘ करेन्ट लगाउने, विष हाल्ने, जथाभावी फोहर फाल्न गर्न थालेपछि माछाको स्वास्थयमा नकरात्मक असर पर्न थालेको छ ।

    नुवाकोट देखिको फोहोर सिधै त्रिसुली नदिमै फयाँकिदै आएको छ । पहिले नदीभरि माछा नै माछा देखिन्थे, अहिले दिनभर जाल खेल्दा पनि १ किलो भेटाउन मुस्किल हुने गरेको छ , उनले भने,‘ माछा भेटिन छाडेपछि स्थानीय बजारमा लोकल माछाको मूल्य बढदै गएको छ । खोलामा जताततै फोहोर मात्रै देखिन्छ । ’ बिगतमा ३/४ सय रुपैयाँमा किनबेच हुने स्थानीय माछाको मूल्य अहिले मलेखुमै प्रतिकेजी ९ सय रुपैयाँ सम्म पर्ने गरेको छ । गाउँमै अहिले प्रतिकेजी ८ सय रुपैयाँमा किनबेच भईरहेको छ ।

    त्रिसुली नदिको धार्मिक महत्वका साथै लोकल माछाको पहिचान संग समेत जोडिएकाले संरक्षणका लागि सरकारको ध्यान समेत पुग्न सकेको छैन । माछा संरक्षणको लागि न स्थानीय सरकारको ध्यान पुग्न सकेको छ । नत प्रदेश र संघीय सरकारको । केहि स्थानियहरुले नदिको बचाउ गर्ने भन्दै बिभिन्न अभियान थालेका छन् तर त्यो प्रभावकारी रुपमा अघि बढ्न नसकेको चेपाङको भनाई छ ।

    त्रिसुली नदि अत्यधिक धमिलो भएकै कारण माछा पाईन छाडेपछि माछा मार्न जाल खेल्ने, बल्छी खेल्ने र ढँडिया राख्ने चलन समेत हराउदै जान थालेको छ ।

  • subhayug
  • प्रतिक्रिया दिनुहोस
    कला साहित्य सम्बन्धि थप
  • एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता घोषणा

  • भ्रष्टाचारविरुद्ध छानविनकाे माग गर्दै अख्तियारमा ज्ञापनपत्र बुझाउन दलबलसहित पुग्यो राप्रपा

  • नेप्से ७५ अंकले बढ्यो, १६ अर्बभन्दा बढीको कारोबार

  • साफ यु–२० महिला च्याम्पियनसिप : श्रीलंकालाई ७–० गोलले हराउँदै नेपालको जित


  • समाचार
  • १

    एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता घोषणा
    १ दिन अघि

  • २

    भ्रष्टाचारविरुद्ध छानविनकाे माग गर्दै अख्तियारमा ज्ञापनपत्र बुझाउन दलबलसहित पुग्यो राप्रपा
    १ दिन अघि

  • ३

    प्रभु हेलिकप्टरले आइपिओ जारी गर्दै
    १ दिन अघि

  • ४

    नेप्से ७५ अंकले बढ्यो, १६ अर्बभन्दा बढीको कारोबार
    २ दिन अघि

  • ५

    साफ यु–२० महिला च्याम्पियनसिप : श्रीलंकालाई ७–० गोलले हराउँदै नेपालको जित
    २ दिन अघि

  • ६

    अलास्कामा ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प
    २ दिन अघि

  • ७

    नगरपालिकाका सबै प्रधानाध्यापकको सामूहिक राजीनामा
    २ दिन अघि

  • ८

    तोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
    २ दिन अघि

  • ९

    ब्याजदर घटेसँगै सेयर बजार उकालो, नेप्से २७९४
    ३ दिन अघि

  • १०

    नेपाल लाइफद्वारा १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै रेकर्ड कायम
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rajendra pande samsad
    ६ दिन अघि

    मन्त्रीको घुस डिलबारे सभामुख मार्फत एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्रीसंग जवाफ 

    सामाजिक सञ्जालबाट
    १

    अलास्कामा ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प

    subhayug
    २

    अमेरिकामा कार दुर्घटना : दुई नेपाली युवाको मृत्यु

    subhayug
    ३

    आणविक वार्ता अघि अमेरिका र इजरायलको आक्रमण रोक्नुपर्ने इरानको चेतावनी

    subhayug
    ४

    गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution