भारतबाट फर्किएका धादिङका १६ जना गल्छी क्वारेन्टाईन भर्ना
प्रकाशित मिति: २०७६ चैत्र १२, बुधबार (४ साल अघि)
५७६ पाठक संख्या
धादिङ – भारतवाट फर्किएका धादिङको गल्छी गाँउपालिका स्थित् गोगनपानीका १६ जनालाई गल्छी बैरेनीमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिएको छ ।
भारतवाट फर्किएका मध्यको १ जनालाई ज्वरो आएपछि १६ जनालाईनै क्वारेन्टाईनमा राखिएको गल्छी गाउँपालिकाको स्वास्थ्य प्रमुख राम प्रसाद ज्ञवालीले बताए ।
स्वास्थ्य प्रमुख ज्ञवालीका अनुसार उनिहरुलाई १४ दिन सम्म क्वारेन्टाईनमा राखेर स्वास्थ्य परिक्षण गरिने छ । यदी ज्वरो आएको ब्यक्ती तथा अन्य ब्यक्तीमा जटिल समस्या देखिए काठमाण्डौ लैजाने ब्यबस्था मिलाईएको समेत स्वास्थ्य प्रमुख ज्ञवालीले बताए ।
यता क्वारेन्टाईनमा राखिएकाहरुलाई खाना र खाजा लगायतकोे व्यवस्था गाउँपालिकालनैे गर्ने गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठले बताए । यस अघीनै सम्भावित जोखिमलाई मध्यनजर गर्दै बैरेनी स्थित् बागेश्वरी माध्यमिक विद्यालयमा २५ शैयाको क्वारेन्टाईन कक्ष निर्माण गरिएको थियो । उनिहरुलाई सोही कक्षमा राखिएको समेत अध्यक्ष कृष्णहरी श्रेष्ठले बताए ।