पार्टि नेतृत्वमा विवाद छैन, मिडियाका कुरा विश्वास नगर्नुस् : प्रचण्ड
प्रकाशित मिति: २०७६ फागुन १५, बिहिबार (४ साल अघि)
५४४ पाठक संख्या
१५ फागुन,काठमाडौं – नेपाल कम्युनिष्ट पार्टि नेकपा अध्यक्ष प्रचण्डले पार्टि नेतृत्वमा गम्भीर खालको कुनै विवाद नरहेको दावी गरेका छन् ।
पर्टि मुख्यालयमा आयोजित् पार्टीको बाग्मती प्रदेशस्तरीय प्रशिक्षणलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै पुष्पकमल दाहाल प्रचण्डले पार्टि नेतृत्वमा गम्भीर खालको कुनै विवाद नरहेको भन्दै ढुक्क रहन नेता कार्यकर्तालाई आग्रह समेत गरे ।
प््रचण्डले भने ‘पार्टीको विवादबारे मिडियामा जे कुरा आएको छ, त्यो कुरालाई विश्वास नगर्नुस्, ढुक्क हुनुस् पार्टी केही हँुदैन’,
ओलीभन्दा अगाडि सम्बोधन गरेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले पार्टीमा दुई लाइन संघर्ष जारी रहेको र त्यो सामान्य रहेको बताए । पछिल्लो पटक पार्टी्भित्र गम्भीर खालको समस्या देखा परेको टिप्पणी भइरहेका बेला प्रचण्डले विवादरहित भएको दिन पार्टी नै नरहने धारणा समेत राखे । ‘जुन दिन विवादरहित, शान्त र एकजुट हुन्छ त्यसदिन पार्टी नै चहिँदैन । तर साम्यवादसम्म नपुग्दासम्म विवाद, ठक्कर खाइन्छ’ प्रचण्डले बताए ।
उनले विचार नीति सिद्धान्त र पद्धति मुख्य विषय भएको भन्दै त्यसैका आधारमा दुई कम्युनिस्ट पाटी एकता सम्भव भएको समेत बताए ।
विगतमा ततकालीन एमाले र माओवादीमा उन्माद आएको र हैसियत तल झरेको उदाहरण दिँदै प्रचण्डले पार्टी एकता भैसकेकाले एकले अर्कोलाई शंकाले हेर्न नहुने समेत धारणा राखे ।