• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ १४, बुधबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

१४ घण्टा अघि
२

युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी

१ दिन अघि
३

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

१ दिन अघि
४

नेपालमा खुला व्यायामशाला (Open Gym) को बढ्दो लोकप्रियता: प्रचण्डदेखि सर्वसाधारणसम्मको रोजाइ

१ दिन अघि
५

उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

१ दिन अघि
६

पृथ्वी राजमार्गको थाँक्रेमा पुलमा भ्वाङ परेपछी यातायात ठप्प

१ दिन अघि
७

नेपाल टेलिकमको जिप दुर्घटना : तीन जनाको मृत्यु

१ दिन अघि
८

युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

२ दिन अघि
९

जाजरकोटमा भूकम्पको धक्का महसुस

२ दिन अघि
१०

सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

२ दिन अघि
११

पदाधिकारी बैठकमा गृहमन्त्री लेखकको राजीनामाबारे निर्णय गर्दै काँग्रेस

२ दिन अघि
१२

माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिच एकता घोषणा हुँदै

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • Prakash Jwala news १

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    ३ हफ्ता अघि
  • teacher andolan with cpnus २

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    १ महिना अघि
  • rajendra sir photo ३

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • deuba and janardan ४

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    १ हफ्ता अघि
  • United Cement ५

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    २ दिन अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    ४ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    ४ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    १ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ९

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    ३ दिन अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    १ हफ्ता अघि
  • prev
    next

    बहुराष्ट्रिय कम्पनीको लेभलिङमा नक्कली’ उत्पादनको बिगबिगी

    प्रकाशित मिति: २०७६ फागुन ११, आईतबार (५ साल अघि)
  • ६९२ पाठक संख्या
  • fanta fanda

    ११ फागुन,काठमाडौं – झट्ट हेर्दा जोकोही झुक्किन्छ । किनेर घर लैजाउन्जेल पनि उही जस्तो लाग्नसक्छ । स्वाद पनि उस्तै उस्तै हो, याद नगर्ने हो भने उपभोक्तालाई लाग्ला, म अन्तर्राष्ट्रिय ब्राण्डको वेभरेज पिउँदै छु ।

    तर यसमा फरक छ । ‘माउन्टेन ड्यू’जस्तै देखिने ‘मेन्टेन ड्यू’, ‘फेन्टा’जस्तै देखिने ‘फण्डा’ र ‘कोकाकोला’ जस्तै देखिने ‘च्याटकोला’ उत्पादन गर्ने कम्पनी साम्भवी फूड्स एण्ड वेभरेज प्रालि हो ।

    नेपालमा बोटलर्स नेपाल र बोटलर्स नेपाल तराई लिमिटेडले ‘कोका–कोला’, ‘फ्यान्टा’ तथा माउन्टेन ड्यू नेपालले ‘माउन्टेन ड्यू’ बिक्री गर्दै आएको छ । झापा जिल्ला ठेगाना लेखिएको उक्त कम्पनीले उत्पादन गर्ने दुईवटा उत्पादन ‘फण्डा’ र ‘च्याटकोला’ बहुर्राष्ट्रिय कम्पनी कोकाकोलाको उत्पादनसँग मिल्दोजुल्दो छ भने एउटा ‘मेन्टेन ड्यू’ माउन्टेन ड्यू नेपालको उत्पादनसँग मिल्दो-जुल्दो छ । तर त्यसरी मिल्दो-जुल्दो नाम राखेर वा डिजाइन लेभलिङ गरेर बिक्री गर्नु भने गैरकानूनी हो ।

    साम्भवी फुड्सले बिक्री गर्दै आएका यी उत्पादन पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२ को भने प्रतिकुल छ । उक्त ऐनले कुनैपनि उद्योगले आफ्ना उत्पादनहरुको पेटेन्ट, डिजाइन दर्ता गराएर मात्रै बिक्रीवितरण गर्न पाउने व्यवस्था गरेको छ ।

    साथै आफ्नो कम्पनीको ट्रेडमार्क दर्ता गरेर त्यस्तो पेटेन्ट तथा डिजाइनको हक प्राप्त गर्न सक्ने व्यवस्था समेत ऐनले गरेको छ । उद्योग विभागमा प्रवक्ता विनोद खड्काले पहिले नै दर्ता भएर ट्रेडमार्क प्राप्त गरिसकेको कम्पनीको नाम र डिजाइन डिजाइनको नक्कल गर्नु गैरकानुनी हुने बताए ।

    उनले साम्भवीले आफ्नो उत्पादनको पेटेन्ट र डिजाइनको स्वीकृति लिएको वा नलिएको वा त्यो उत्पादनले अर्को कुनै उत्पादनको नक्कल गरेको वा नगरेको अनुसन्धान गर्ने र त्यसरी नक्कल गरेको पाइए आवश्यक कारबाही गर्ने समेत बताए । कोकाकोला, फेन्टा र माउन्टेन ड्यूको ट्रेडमार्क भने विभागले दिइसकेको छ ।

    बान्डेड उत्पादनको नक्कल गरेर वस्तु लेभलिङ गर्दै आएको साम्भवी फुड्सले भने आफूले गरेका उत्पादनको नामको स्वीकृति विभागबाट लिएको तर डिजाइन लिन बाँकी रहेको जनाएको छ । कम्पनीका सञ्चालक पुष्प आचार्यले आफूहरुले उत्पादन गरेका सबै नामहरुलाई विभागले स्वीकृति दिए पनि डिजाइनमा स्वीकृति नदिएको बताए ।

    ‘हामीले नाम लिइसकेका थियौं, तर डिजाइन चाहिँ अरुसँग मिल्दोजुल्दो भएको भन्दै अर्को डिजाइन गरेर ल्याउन विभागले भनेपछि हामी अर्को डिजाइन बनाउनतिर लागेका छौं । डिजाइन तयार भइसकेको छ, अब विभागको स्वीकृति लिएर नयाँ लेभलिङ गर्न थाल्छौं’ उनले भने । उनले कम्पनी दर्ता भएको २-३ महिना मात्रै भएको बताउँदै सुरुमा प्रस्ताव गरिएको डिजाइनको आधारमा उत्पादन सुरु मात्रै गरेको जिकिर समेत गरे ।

    पेटेन्ट, डिजाइन र ट्रेडमार्कको सम्बन्धमा विद्यमान कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा उपभोक्ता भने दिन प्रतिदिन ठगिँदै गएका छन् । पूराना र नाम चलेका वस्तुहरुको नक्कली उत्पादन बजारमा आउँदा उपभोक्ताले सक्कली वस्तुको पहिचान गर्न नसक्दा कमसल वस्तु उपभोग गर्नुपर्ने अवस्था देखिएको हो ।

    केही समय अघिमात्रै रेडबुलकै नक्कली उत्पालनको रुपमा ‘रेडब्लु’ नामक पेय पदार्थ बजारमा आएकोबारे पनि रातोपाटीले समाचार प्रकाशित गरेको थियो । ट्रेडमार्क चोरी गरी नक्कली उत्पादन बजारमा छ्याप्छ्याप्ती देखिइरहँदा पनि उद्योग मन्त्रालय र विभागले आवश्यक बजार अनुगमन र कारबाही गर्न सकेको भने देखिँदैन ।

    त्यसो त नेपालमा मात्रै नभएर विदेशमा पनि यस्ता घटनाहरु घटिरहन्छन् । केही समय अघिमात्रै युएईको एउटा हेयर सैलुनले ‘फेसलुक’ नाम राखेर सामाजिक सञ्जाल ‘फेसबुक’को जस्तै डिजाइन गरेको भन्दै फेसबुकले उजुरी गरेपछि उक्त सैलुन बन्द गराइएको थियो ।

    नेपालमा भने अनुगमन र उजुरी गर्ने प्रवृत्ति कम हुनु तथा उजुरीउपर हुने कमजोर कारबाही र दण्ड जरिवानाका कारण ट्रेडमार्कहरुको सही उपयोग हुन नसकिरहेको उपभोक्ताकर्मीहरु बताउँछन् ।

    रातोपाटी वाट साभार

    प्रतिक्रिया दिनुहोस
    फिचर सम्बन्धि थप
  • युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी

  • उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

  • नेपाल टेलिकमको जिप दुर्घटना : तीन जनाको मृत्यु

  • युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम


  • समाचार
  • १

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट
    १४ घण्टा अघि

  • २

    युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी
    १ दिन अघि

  • ३

    प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित
    १ दिन अघि

  • ४

    नेपालमा खुला व्यायामशाला (Open Gym) को बढ्दो लोकप्रियता: प्रचण्डदेखि सर्वसाधारणसम्मको रोजाइ
    १ दिन अघि

  • ५

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान
    १ दिन अघि

  • ६

    पृथ्वी राजमार्गको थाँक्रेमा पुलमा भ्वाङ परेपछी यातायात ठप्प
    १ दिन अघि

  • ७

    नेपाल टेलिकमको जिप दुर्घटना : तीन जनाको मृत्यु
    १ दिन अघि

  • ८

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम
    २ दिन अघि

  • ९

    जाजरकोटमा भूकम्पको धक्का महसुस
    २ दिन अघि

  • १०

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    २ दिन अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    कैदी आदानप्रदानका बेला किएभमा रुसी आक्रमण

    subhayug
    २

    गिल भारतीय टेस्ट टोलीका कप्तान

    subhayug
    ३

    ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

    subhayug
    ४

    ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution