त्यही दिनदेखी तिम्रो दशा मलाई सरेछ।
हामी गाउँलेहरुले त
“चोर्नेहरु चोरै हुन्” भन्ने सत्य सम्झेर पो
खसी चोरलाई मध्य राती समात्यौ।
खसी समात्यौ।
खुर्पा समात्यौ
मोबाईल समात्यौ ।
रङ्गिहात समात्यौ।
भुल भएछ,
“किङ्स् अफ् द नाईट” सम्झेर
ती चोरहरुलाई,
फलामे रड , बाँसको भाँटाले,
रगत उम्लने गरि तिघ्रा फुटएर छाड्नुपर्ने रहेछ ।
छाड्नु हुँदैन ,
किन छाड्नु ?
हाम्रो पनि कर्तब्य हो भन्ने ठान्यौ र पो ।
मध्य राती पुलिस बोलायौँ ।
चोरलाई जिम्मा लगायौँ।
तर होईन रहेछ।
दुख बेसाएछु।
झमेला निम्त्याएछु ।
यो त हन्नर रहेछ।
ठक्कर रहेछ।
हैन !भने
ती चोरहरु
स्वयम् प्रहरी थुना भित्र झ्यालबाट स्विकारिरहेछन् कि
“हामिहरुले खोरबाट खसी चोरेका हौँ “भनेर।
तर मलाई बाहिर अर्को झ्यालको कुनाबाट जाहेरी दरखास्त बापत रु दुई हजार रुपैयाँ किन तिरायो?
किटानी लेखाउन घन्टौ आलेटाले किन कुरायो?
आले टाले
भोलि चोरलाई दाल भात तरकारी।
लेखापढी,लेखन्दास ।
दसि प्रमाण पेस ,डकुमेन्ट चार्ज
अरु अरु थुप्रै ….
र
अहिले
मलाई लागिरहेछ
चोर मध्य रातमा खसि चोर्न आउँदा।
चोरहरुलाई मध्य रातमै,
खसी चोर्न दिनुपर्ने रहेछ।
बिउँझेपनि निधाएझै गरि ।
चोरलाई देखेपनी नदेखे झैँ गरि ,
थाहा पाए पनि थाहानपाए झै
गरि हामी छिमेकिहरु
सुत्नुपर्ने रहेछ।
चोरलाई रातमै खसी सङ्गै छोड्नुपर्ने रहेछ।
पुलिसलाई जिम्मा लगाउनु गल्ती भएछ।
कस्सम ठूलो भुल भएछ।
https://youtu.be/g2dZi8–tVs
उही खसी
https://eratoparda.com/2020/02/21863.html
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar