मलाई लागेको आरोप गलत सावित भयो : महरा विज्ञप्ति सहित
प्रकाशित मिति: २०७६ फागुन ५, सोमबार (४ साल अघि)
६३७ पाठक संख्या
५ फागुन काठमाडौ – डिल्लबजार कारागारबाट रिहाई भएलगत्तै पूर्व सभामुख कृष्ण बहादुर महराले विज्ञप्ति मार्फत सबैलाई धन्यावाद दिएका छन् ।
३० दिन प्रहरी हिरासात र १०३ दिन जेल जीवन विताएर अन्ततः निर्दोष ठहर भएका पूर्व सभामुख कृष्ण बहादुर महरा केहीबेर अघि मात्रै डिल्लबजार कारागारबाट रिहाई भएका हुन् ।
महराले जिल्ला अदालत काठमाडौं र सुभचिन्तकलाई बिषेस धन्यवाद समेत दिएका छन् ।
बिज्ञप्तीमा उनले भनेका छन् – ‘अन्तत: म माथि लगाईएको आरोप गलत सावित भएको छ ।सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाई दिएको छ । म सम्मानित अदालत प्रति विशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु ।’
आफूले १०३ दिन कारागार र ३० दिन प्रहरी हिरासतमा बसी तथाकथित आरोप खेपेको समेत उनले बिज्ञप्ती मार्फत् बताएका छन् ।