• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ७, बुधबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गैरपेशागत कार्य नगर्न प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

४ घण्टा अघि
२

विमानस्थलमा कार्यरत सहसचिव तीर्थराज भट्टराई पक्राउ

५ घण्टा अघि
३

१० महिनामा वैदेशिक व्यापार १६.९२ खर्ब, घाटा साढे १२ खर्ब

६ घण्टा अघि
४

गभर्नर चर्चा सेलाउँदै नेप्से ओरालो

७ घण्टा अघि
५

गोकुल बास्कोटाको खुलासा : पोखरा विमानस्थल अध्ययन प्रतिवेदन अधुरो र अपूरो

८ घण्टा अघि
६

अदालतको अवहेलनामा गगन थापाको लिखित जवाफ पेश

८ घण्टा अघि
७

नेपाली फिल्म ‘गाउँ आएको बाटो’ बेलायतमा प्रदर्शन हुँदै

९ घण्टा अघि
८

साँगा चोकमा स्रोत नखुलेको २५ लाख रुपैयाँसहित दुई युवक पक्राउ

९ घण्टा अघि
९

काठमाडौं प्रहरी परिसरको गेटबाटै थुनुवा फरार

९ घण्टा अघि
१०

५ सय र हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय

१० घण्टा अघि
११

सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढ्यो : आज कतिमा कारोवार !

१२ घण्टा अघि
१२

सेबोन अध्यक्षमाथिको प्रहार : निलम्बन गराई नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स फुत्काउने दाउ

१३ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    २ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ३ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    ४ दिन अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    ५ दिन अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    ३ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    ३ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    ६ दिन अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    ५ दिन अघि
  • prev
    next

    केपी ओली सरकारको २ वर्ष पुरा : प्रधानमन्त्री आशावादी, जनता निरास !

    प्रकाशित मिति: २०७६ फागुन ३, शनिबार (५ साल अघि)
  • ८०६ पाठक संख्या
  • kp oli sarkar photo

    ३ फागुन, काठमाडौं – ओली नेतृत्वमा गठन भएको सरकार दुई वर्ष पुगेपनि उनले भने जस्तै उत्साहित हुने अवस्था भने देखिँदैन ।

    उनले समृद्ध नेपाल र सुखी नेपाली बनाउने आधारहरू तय गरेको बताउँदै अब खिन्नु हुनुभन्दा उत्साहित हुनुपर्ने अवस्था आउने बताएका थिए ।

    ‘राजनीतिक संक्रमणकालको गोलचक्कर अन्त्य भएर स्थिरता कायम भएको छ, सरकार अल्पकालीन प्रतिफल दिने कार्यमा मात्र केन्द्रित नभएर दीर्घकालीन विकास योजना सञ्चालन गर्न बलियो आधार तयार भएको छ’, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा गतवर्ष फागुन ३ गते राष्ट्रका नाममा गरेको सन्देशको अभिव्यक्ति हो ।

    २०७४ फागुन ३ गते ओली नेतृत्वमा गठन भएको सरकार दुई वर्ष पुगेपनि उनले भने जस्तै उत्साहित हुने अवस्था भने देखिँदैन । सरकार गठन हुँदा जति उत्साह थियो, त्यसमा पूर्णत होइन तर आशा अहिले धुमिलिन थालेको छ । तत्कालीन बाम गठबन्धनलाई मात्र झण्डै दुई तिहाई मत दिएर मतदाताले पठाएपनि सरकारले काम सोचे अनुरुपको गर्न नसक्दा निराशा छाउन थालेको हो ।

    जुन उत्साहका साथ सरकार गठन भएको थियो, त्यसमा निराशा चुलिनेक्रम नरोकिए पनि आशाका केही किरण भने यथावत छन् । पाँच वर्षका लागि गरिएको आशा र भरोसा कम भएपनि पूर्णता मरिसकेको छैन । सरकारले सोचे अनुरुपको काम हुन नसक्नु र प्रधानमन्त्री ओलीको सोचाइअनुसार मन्त्री र कर्मचारीले काम गर्न नसक्नु पनि जनतामा छाएको अर्को निराशा हो । प्रधानमन्त्री ओलीले एउटा गतिमा बोल्ने र काम गर्न खोजेपनि अहिलेसम्म भएका कार्यले त्यसलाई पुष्टि गर्न नसक्दा समस्या देखिएको आम जनताको भनाइ छ ।

    प्रतिकूल स्वास्थ्यका बाबजुद प्रधानमन्त्री ओलीको खटाइ धेरैले चिताउनेभन्दा चर्को छ । मिर्गाैलाको डाइलासिस गरिरहेका भए पनि उनी बिरामीजस्ता देखिँदैनन् । न त उनको कार्यशैलीमा कमी आएको छ न त मनोबल नै कमजोर भएको छ । पार्टी केन्द्रीय समितिमा उनले निरन्तर दुई घन्टा भाषण दिए । यस्तो लाग्छ, उनलाई आफूप्रति पूर्ण विश्वास छ । र, कमजोर प्रधानमन्त्रीका रूपमा देखिएर जनताको आत्मबल घट्न दिनुहुन्न भन्ने मनोविज्ञानले उनले काम गरिरहेको जानकारहरू बताउँछन् । यसैले अस्पतालको बेडमा हुँदा पनि आफू तन्दुरुस्त रहेको भिडियो सन्देश प्रवाह गरिरहेका हुन्छन् ।

    सुशासन, आर्थिक विकास, राजनीतिक स्थायित्व, दिगो शान्ति, राष्ट्रिय एकता, अखण्डता, स्वाधीनता, स्वाभिमान यो सरकारका नारा हुन् । यिनै आफ्नो सरकारको रोडम्याप भएको ओलीका अभिव्यक्तिमा पनि बारम्बार झल्किन्छ । प्रधानमन्त्री ओलीले मुख्यत भ्रष्टचार र सुशासनको विषयलाई जोड दिन खोजेका छन् । बालुवाटार जग्गा प्रकरणको खोजी, सुनकाण्ड जस्ता विषय प्रधानमन्त्री ओलीकै अग्रसरतामा खोजी भएका काण्ड हुन् । तर, त्यसमा कारबाही सोचे अनुरुपको नभएको भन्दै जनतामा निराशा छाएको छ । यद्यपि यी विषयमा विगतका सरकारले भन्दा राम्रो काम भने गरेका छन् ।

    ओली नेतृत्व सरकारले सोचे अनुरुपको विकास निर्माण अगाडी बढाउन नसकेको, राष्ट्रिय गौरवसहितका ठूला विकास आयोजनामा बजेट खर्च गर्न नसकेको, आफ्नै घोषणापत्र कार्यान्वयमा उदाशीनता देखाएको र कतिपय विधेयकबाट अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने प्रयत्न गरेको भन्दै आलोचना भएको छ । त्यसो त यो दुई वर्षमा केही राम्रा योजना आएपनि पूर्णरुपमा कार्यन्वयन हुन नसक्दा आलोचित बन्नु परेको छ ।

    योगदानमा आधारित सामाजिक सुरक्षा, प्रदेश मुकामको पूर्वधार निर्माण, कुटनीतिक तथा वैदेशिक सम्बन्धमा सुधार, कानुन निर्माणमा फड्को, विभिन्न इन्डेक्सकले देखाएको सूचांक तथा चीनका राष्ट्रपति नेपाल आउँदा भएको ऐतिहासिक सम्झौता सफलता हुन् ।

    सरकारका प्रवक्ता एवं नेकपा नेता गोकुल बाँस्कोटा भने प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर उत्साही छन् । ‘भिजन छ, मिसनमा कुनै समस्या छैन । एक्सन उहाँ एक्लैले गर्न सक्ने होइन । उहाँले निर्देशन दिनु हुन्छ । तर निर्देशन पालना गर्ने तीन निकाय हुन्छन् । एउटा सम्बन्धित मन्त्री हुन्छन् । दोस्रो, सम्बन्धित उच्चपदस्थ अधिकारी हुन्छन् । तेस्रो, कानुनी व्यवस्थापन मिलाउनु पर्छ । विधिको शासन भएपछि कानुनमा चल्नु पर्यो । उहाँमा धेरै कामको हुटहुटी छ । र, गर्न सकिन्छ भन्ने छ,’ बाँस्कोटा भन्छन् ।

    सरकारका प्रवक्ता बाँस्कोटा प्रधानमन्त्रीको आत्मबलका अगाडि दुनियाँले हारेको ठान्छन् । भन्छन्, ‘उहाँको आत्मबलका अगाडि दुनिया हा¥यो । उहाँ १८ घन्टा खट्नु हुन्छ । उहाँको इच्छाशक्तिका सामु कसैले डेलिभरी गर्न सकेको छैन । उहाँको जुन भिजन, मिसन र इच्छाशक्ति छ, त्यो आधारमा कसैले डेलीभरी गर्न सकेको छैन । तर, उहाँ आत्तिनु हुन्न । अरूले गर्न सकेनन् भने आफैँ सम्हाल्नुहुन्छ ।’

    संसदवाट आज सम्बोधन
    प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो दुई वर्षे कार्यकालका विषयमा संसदवाट सम्वोधन गर्दैछन् ।

    शुक्रबार नै सम्बोधन गर्ने तयारी गरेपनि राष्ट्रिय सभा सदस्यको निधनका कारण आजका लागि सरेको हो । प्रतिनिधिसभाको बिहान ११ बजे बस्ने बैठकलाई सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

    संसद्को कार्यसूचीमा प्रधानमन्त्री ओलीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिने बताइए पनि उनले आफ्नो कार्यकालको २ वर्षमा भएका उपलब्धिबारे संसद्लाई जानकारी गराउने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    रोचक सम्बन्धि थप
  • गैरपेशागत कार्य नगर्न प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

  • गोकुल बास्कोटाको खुलासा : पोखरा विमानस्थल अध्ययन प्रतिवेदन अधुरो र अपूरो

  • अदालतको अवहेलनामा गगन थापाको लिखित जवाफ पेश

  • साँगा चोकमा स्रोत नखुलेको २५ लाख रुपैयाँसहित दुई युवक पक्राउ


  • समाचार
  • १

    गैरपेशागत कार्य नगर्न प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
    ४ घण्टा अघि

  • २

    विमानस्थलमा कार्यरत सहसचिव तीर्थराज भट्टराई पक्राउ
    ५ घण्टा अघि

  • ३

    १० महिनामा वैदेशिक व्यापार १६.९२ खर्ब, घाटा साढे १२ खर्ब
    ६ घण्टा अघि

  • ४

    गभर्नर चर्चा सेलाउँदै नेप्से ओरालो
    ७ घण्टा अघि

  • ५

    गोकुल बास्कोटाको खुलासा : पोखरा विमानस्थल अध्ययन प्रतिवेदन अधुरो र अपूरो
    ८ घण्टा अघि

  • ६

    अदालतको अवहेलनामा गगन थापाको लिखित जवाफ पेश
    ८ घण्टा अघि

  • ७

    नेपाली फिल्म ‘गाउँ आएको बाटो’ बेलायतमा प्रदर्शन हुँदै
    ९ घण्टा अघि

  • ८

    साँगा चोकमा स्रोत नखुलेको २५ लाख रुपैयाँसहित दुई युवक पक्राउ
    ९ घण्टा अघि

  • ९

    काठमाडौं प्रहरी परिसरको गेटबाटै थुनुवा फरार
    ९ घण्टा अघि

  • १०

    ५ सय र हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय
    १० घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    harihar sibir
    २ दिन अघि

    सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सुरु

    सामाजिक सञ्जालबाट
    १

    संवेदनहीन अभिव्यक्तिपछि जापानी कृषिमन्त्रीको राजीनामा

    subhayug
    २

    बाइडनलाई प्रोस्टेट क्यान्सर

    subhayug
    ३

    श्रद्धाले छाड्नि एकता कपुरको चलचित्र

    subhayug
    ४

    प्रधानमन्त्री ओली र यूएन हानि – नोक्सानी कोष प्रमुखबीच शिष्टाचार भेटवार्ता 

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution