काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धरान उपमहानगरपालिका कमिटीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिका लागि पार्टीको सिफारिस गर्दै लेखेको एक लज्जास्पद पत्र सार्वजनिक भएको छ, जुन पत्र लेख्नेलाई भन्दा देख्नेलाई समेत लाज भइरहेको भन्दै टिप्पणी समेत हुन थालेको छ ।
नेकपाको धरान उपमहानगरपालिका कमिटीले सरकारी निकायमा विज्ञ र योग्य व्यक्तिलाई नियुक्त गर्नुपर्नेमा पार्टीको सिफारिसमा नियुक्ति दिएर कार्यकर्ता भर्तीकेन्द्र बनाउन खोजेको खुलासा भएको छ ।
धरान उपमहानगरले अस्पतालका कार्यबाहक उपकुलपतिको जिम्मेवारीमा रहेका प्रा.डा. गुरु खनाललाई नियुक्तिका लागि सिफारिस गरेको पत्र सार्वजनिक भएको छ ।
डा. खनाल अस्पतालमा उपनिर्देशक, कार्यसमिति सदस्य, सञ्चालक परिषद् सदस्य तथा शिक्षाध्यक्षको जिम्मेवारीमा काम गरिरहेका छन् । नेकपाले उनलाई सिफारिस गरेर इमान्दार कार्यकर्तालाई नियुक्ति दिन खोजेको चर्चा सुरू भएको छ ।
नियुक्तिको सिफारिस गर्दै शिक्षामन्त्रीलाई लेखिएको पत्रमा उपमहानगरका अध्यक्ष नारायण सुवेदी र सचिव सुदर्शन श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
यस्तो छ पत्र
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar