न्युज डेस्कप्रकाशित मिति: २०७६ माघ २४, शुक्रबार (४ साल अघि)
१३९ पाठक संख्या
काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचार मुद्दा चलाएपछि आक्रोशित नेपाल तरुण दलले माघ २६ गते देशभर सडक तताउने भएको छ ।
तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले देशभर परिपत्र पठाउँदै आन्दोलन गर्न निर्देशन दिएका छन् ।
तरुण दलले आन्दोलन घोषणा गर्नुअघि कांग्रेसका पदाधिकारीले सबै भातृ संगठनसँग छलफल गरेका थिए । कांग्रेस पदाधिकारीसँग छलफलपछि अध्यक्ष बस्नेतले देशभरका तरुण कार्यकर्तालाई आन्दोलनमा होमिन निर्देशन दिएका छन् ।
तरुण दलले आन्दोलन गर्दा अन्य शुभेच्छुक संस्थालाई समेत समन्वय गर्न निर्देशन दिइएको छ । कम्युनिस्ट सरकारको राजनीतिक पूर्वाग्रहका आधारमा अख्तियारले गच्छदारमाथि मुद्दा चलाएको कांग्रेसले ठहर गरेको छ ।