धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ४ मा रहेको आमाको माया छात्राबासका बालबालिकाहरुलाई आज शैक्षिक सामाग्री तथा फलफुल वितरण गरिएको छ ।
मिस धादिङ आईडल २०२० की बिजेता रोहन्सा श्रेष्ठले आफ्नो दाई रोहन श्रेष्ठको जन्म दिनको अबसर पारेर विहिबार छात्राबासमा रहेका बालबालिकाहरुलाई २५ हजार बराबरको शैक्षिक सामाग्री तथा फलफुल वितरण गरेका हुन् ।
श्रेष्ठले सामाजिक कार्यमा रुचि रहेकोले मिस धादिङ आईडल २०२० पछि विहिबार विद्यार्थीका लागि शैक्षिक सामाग्री वितरण गरेको बताइन् । यसैगरि आगामी दिनहरुमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने श्रेष्ठको भनाई छ ।
मिस धादिङ जस्तै अन्य प्रतियोगिताहरु जस्तो मिस नेपालहरुमा पनि सहभागी हुनको लागि आफुले विभिन्न कोर्ष लिइरहेको उनले बताइन् ।
आफुसँग क्षमता छ भने क्षमताको कदर हुने रहेछ । उनले भनिन्– परिवारको साथ र सहयोगले सफलता हात पारेको हो । जसको जन्मदिने आमाबुबा नै छैन । जो समस्यामा छन् । उनीहरुलाई सहयोग गर्न पाउदा खुषी लागेको उनले बताइन् ।
त्यस्तै, रोहन्साका आमा संगिताले छात्राबासमा सहयोग गर्न लगाएर छोराछोरीलाई सामाजीक कार्यमा लाग्न उत्पे्ररणा जगाएको बताइन् । छोराछोरीलाई आफुले दिने संस्कार अनुसार नै चल्ने हुदा सामाजिक कार्यमा लाग्न प्रेरित गरेको उनले बताइन् ।
Rose marry chlid care boarding school सञ्चालन गर्दै आएकी श्रेष्ठले अर्काे वर्षदेखि छात्राबासका २ जना बालबालिकालाई पढाइदिने समेत बताइन् । छात्राबासको निति नियम कस्तो छ । २ जना बालबालिकालाई पढाइदिन मिल्ने भए सहयोग गर्ने उनले बताए ।
विं.सं २०७४ सालमा स्थापना भएको छात्राबासमा धादिङ लगायत थुप्रै जिल्लाका २२ जना बालबालिकाहरु रहेका छन् । फलफुल तथा शैक्षिक सामाग्री पाएसँगै उनीहरु पनि खुषी बनेका छन् ।