न्युज डेस्कप्रकाशित मिति: २०७६ माघ ८, बुधबार (४ साल अघि)
१३८ पाठक संख्या
धादिङ :
उत्तरी धादिङको खनियाबास गाउँपालिका स्थित दार्खाको घ्याङ्साङमा आगो फुक्ने ढुङ्ग्रोले हानेर एक जनाको हत्या भएको छ भने एक जना घाईते भएका छन् ।
गएराति खनियाबास गाउँपालिको दार्खाको ढुङ्ग्रो प्रहार गरि सन्ते भनिने सन्त तामाङको हत्या भएको छ र भने रविन तामाङलाई घाईते बनाएको प्रहरीले जानकारी दिएको छ ।
घाईते तामाङलाई उपचारको लागि काठमाडौ लगिएको छ ।
घटनामा संलग्न भएको आरोपमा नेत्रावती डबजोङ गाउँपालिका १ मार्पाकका राम तामाङ र रोशन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
दार्खामा जारी अन्तर वडा स्तरीय फुटबल प्रतियोगितामा भएको विवादले उग्र रुप लिएपछि यो घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पक्राउ परेका रोशन तामाङ र राम तामाङ फुटबल प्रतियोगिताको रेफ्रि समेत रहेका र आफनै दाजुभाई रहेको प्रहरीको भनाई छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले धादिङ सञ्चारलाई जानकारी दिएको छ ।