३नं.प्रदेश स्तरीय भलिबल प्रतियोगिता : धादिङ क्वाटरफाईनलमा प्रबेश
न्युज डेस्कप्रकाशित मिति: २०७६ पौष २७, आईतबार (४ साल अघि)
२१४ पाठक संख्या
धादिङ :
सिन्धुपाल्चोकमा आयोजित् ३ नं. प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा दोलाखा जिल्ला लाई २/० को सोझो सेटमा पराजित गर्दै धादिङको टिम क्वाटर फाईनलमा प्रबेस गरेको छ ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका –७ मा जारी प्रदेश नं. ३ स्तरीय पुरुष भलिबल प्रतियोगिताको आज भयको खेलमा दोलाखा जिल्ला लाई२÷० को सोझो सेटमा पराजित गर्दै धादिङको टिम क्वाटर फाईनलमा प्रबेस गरेको हो ।
उक्त खेलमा धादिङ जिल्लाको तर्फवाट टिम कोच अशोक काजी थापा र टिम म्यानजर दिलिप थापा लगायतको टिमले सशक्त भुमिका निभायको छ । उक्त खेलमा धादिङ जिल्लाको तर्फवाट खेलाडी मनोज श्रेष्ठ म्यान अफ द म्याच समेत घोसित भएका छन् ।
प्रतियोगिताको पहिलो दिन मकवानपुर, चितवन र ललितपुरले विजयी सुरुवात गरेका थिए । खेलमा तीनै जिल्लाले आफ्ना प्रतिष्पर्धीलाई सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेका हुन् । जिल्लाकै सर्वा्धिक पुरस्कार राशी रहेको भलिवल प्रतियोगिता भदौरे गणेश सामाजिक संस्थाले गरेको हो । नेपाने युथ क्लबको सह आयोजक रहेको छ ।
भ्रमण वर्ष २०२० को सफलताको लागि सिन्धुपाल्चोकसहित चौतारा साँगाचोकगढी नगरपालिका र सानोसिरुवारी क्षेत्रका पर्यटकीय महत्वका सम्पदाको प्रचारप्रसार गर्नका लागि यो प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
प्रदेश नं. ३ का १३ जिल्ला मध्ये ११ जिल्ला सहभागी भएको आयोजक संस्थाका अध्यक्ष रविन गौतमले बताए । रसुवा र काठमाण्डौं बाहेक सबै जिल्लाका खेलाडीहरु प्रतियोगितामा सहभागी भएका छन् ।
प्रतियोगितामा प्रथम हुने टीमले दुई लाख दुई हजार बीस रुपैंया नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने दोस्रो हुने टीमले भने एक लाख एक हजार दश रुपैंया नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् । जिल्लाकै ठूलो धनराशी पुरस्कार भएको सो प्रतियोगितामा खेलभरिकै उत्कृष्ठ खेलाडी तथा विधागत उत्कृष्ठ खेलाडीलाई समेत पुरस्कृत गरिनेछ ।
सिन्धुपाल्चोक जिल्लामा यति धेरै जिल्ला सहभागी भएको यो भलिबल प्रतियोगिता हालसम्मकै ठूलो प्रतियोगिता पनि हो ।
प्रतियोगितामा सहभागी हुने सबै खेलाडी तथा प्रशिक्षकलाई आवास तथा खानाको व्यवस्था समेत आयोजक संस्थाले नै व्यहोरेको छ ।