काठमाडौ :
सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकअन्तर्गत खाडीचौरको पाँच किलोमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
दोलखाको कालिञ्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा४ख ४४६८ नम्बरको रिजर्भ बस आइतबार बिहान सडकबाट एक सय मिटर तल खसेर दुर्घटनामा परेकाे हाे ।
दुर्घटनामा १८ जना घाइते भएका इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो ।
घाइते मध्ये ४ जनालाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । बसमा ३२ जना सवार रहेको प्रहरीकाे भनाइ छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar