सांसद भुमि त्रिपाठीद्धारा ६ करोड विनियोन : खिन बहादुर थापा मार्ग पहिलो प्राथमिकता
न्युज डेस्कप्रकाशित मिति: २०७६ मंसिर १८, बुधबार (४ साल अघि)
२३० पाठक संख्या
धादिङ :
धादिङका संघीय सांसद भुमि त्रिपाठीले संघीय विकास कोषको ६ करोड रुपैया विकासका लागि विनियोजन गरेका छन् ।
स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत धादिङ जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद त्रिपाठी ५ लाख ४० हजार देखि ९९ लाख सम्म पर्नेगरी ६ करोड रुपैया विनियोजन गरेका हुन् ।
साथै सांसद त्रिपाठीले तात्कालिन नेकपा एमाले नेता समेत रहेका सिद्धलेक गँउपालिका निवासी स्वर्गिय खिन बहादुर थापा मार्गलाई पहिलो प्राथमिकता दिएका छन् ।
सबै भन्दा बढी रकम सिद्धलेक ३ र ४ को खिनबहादुर थापा मार्ग बङचुङ–आरुवास–भेडावारी–मैदान–कमलवारी सडक स्तरोन्नतीका लागी ९९ लाख रुपैया पहिलो प्रथाथमिकताका साथ बिनियोजन गरेका हुन् ।
विनियोजित रकममा सबै भन्दा कम जिल्ला समन्वय समितिको प्रशासनिक खर्चको लागि ५ लाख ४० हजार र सबै भन्दा बढी रकम सिद्धलेक ३ र ४ को खिनबहादुर थापा मार्ग बङचुङ–आरुवास–भेडावारी–मैदान–कमलवारी सडक स्तरोन्नतीकलाई ९९ लाख र गजुरी माने भञ्ज्याङ–देउराली सडक स्तरोन्नतीको लागि ९९ लाख रुपैया रहेको छ ।