काठमाडौं । नेपाली हिन्दु नारीहरुले हरितालिका तीज मनाइरहेका छन् । तीजमा नारीहरुले दरका रुपमा मिठो मिठो परिकार खाने र ब्रत बस्ने चलन छ ।
तीजमा मिठा मिठा खानेकुरा खानु स्वभाविक पनि हो । तर, ‘व्यस्त रहनुस्, मस्त रहनुस्, स्वास्थ्य रहनुस्, ३ सय ६५ दिनमा १ दिन आफ्नो स्वास्थ्यलाई समय दिनुस्’ यो नारा नै तय गरेको छ नेपाल अर्बुद रोग निवारण संस्थाले ।
सो संस्थाले तीजमा जति महत्व दिइन्छ, त्यति नै आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्न आग्रह गर्दै एक दिन भए पनि आफ्नो स्वास्थ्यलाई ख्याल गर्न आग्रह गरेको छ । यही नारालाई सार्थक बनाउन नेपाल अर्बुद रोग निवारण संस्थाले तीजको अवसरमा जनचेतना अभियान पनि सञ्चालन गरिरहेको छ ।
सो संस्थाले महिलाहरूलाई क्यान्सरको जनचेतना जगाउँदै विभिन्न जिल्लामा जनचेतनामुलक कार्यक्रम र क्यान्सरसम्बनधी स्वास्थ्य शिविर पनि सञ्चालन गर्दै आएको छ । सो संस्थाको ३६ औं बार्षिकोत्सव र तीजको अवसर पारेर गत सोमबार मात्रै पनि विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ (इश्वर) ले बताए ।
सो शिविरमा नेपालका क्यान्सर विशेषज्ञसहित स्वास्थ्यकर्मी सहभागी छन् । चिकित्सकको टोलीमा भक्तपुर क्यान्सर अस्पतालका प्रा. डा. ऋषीकेश नारायाण श्रेष्ठ, प्रा. डा. आरती शाह, सहप्राध्यापक डा. राकेश पाठक, डा. रोशन प्रजापति, डा. कमल सोती, डा. अजय झा, डा. उत्सवमान श्रेष्ठ सहभागी भइरहेका छन् ।
त्यसैगरी डा. एलिजा श्रेष्ठ, डा. सृष्टि श्रेष्ठ प्रजापति, डा. सनत चालिसे, डा. विनायक ढुंगेल, डा. जस्मा माली, डा. अनिता थापा, डा. रोहि तुलाधर, डा. उषा बादे श्रेष्ठ ढुंगेल, डा. सुरेष श्रेष्ठ, मोहमद अरफान आजाद, डा. शन्देश मैनाली, डा. विवेक खानाल, डा. अर्चना अमात्य, डा. राजेन्द्र एगल, डा. नविन काजी बज्राचार्य, डा. मनिस रोय, डा. सुरज श्रेष्ठ, डा. प्रभु साह लगायत थिए ।
सो संस्थाले आगामी ३१ गते वार्षिकउत्सव मनाउँदै छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar