भारत । मुस्लिम समूदायका मुस्मान महिला फाउण्डेसन ‘एमडब्लुएफ’ का सदस्यहरूले आइतबार परेको रक्षा बन्धनको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘राखी’ उपहार दिएका छन् ।
उनीहरूले प्रधानमन्त्रीलाई सबैभन्दा ठूलो दाजु तथा बाबुको रूपमा सम्मान गर्दै सन् २०१३ देखि शुरु गरेको संस्कारलाई निरन्तरता दिंदै यस वर्ष पनि राखी उपहार पठाइएको जनाएको छ ।
मुसलमान महिला फाउण्डेसनकी सदस्य नाजिमा अन्सारीले भन्नुभयो, “बनारसमा बसोबास गर्ने हाम्रो फाउण्डेसनमा आवद्ध मुसलमान महिलाहरूले पहिलोपटक सन् २०१३ मा प्रधानमन्त्री मोदीलाई राखी पठाएका थियौँ । त्यसपछि यसलाई निरन्तरता दिँदै आएका छौँ ।”
फाउण्डेसनमा आवद्ध महिलाहरूल भने “उहाँ ‘प्रधानमन्त्री नरेन्द्र मोदीजी’लाई आफ्नो ठूलो दाजु तथा पिताजस्तै संरक्षकका रूपमा सम्मान गर्छौँ । हरेक बर्षजस्तै यसबर्ष पनि उहाँलाई राखी पठाइने छ । हामीलाई विश्वास छ उहाँले हामीलाई निरन्तर संरक्षकत्व दिइरहनुहुनेछ र आवश्यकता परेको समय सहयोग गर्नुहुनेछ ।”
अन्सारीको भनाइलाई पछ्याउँदै फाउण्डेसनकी अर्की सदस्य शबाना फतिमाले भन्नुभयो, “हामीले हाम्रो घर र समाजमा भोग्नुपरेको अत्याचारविरुद्ध प्रधानमन्त्री मोदीको सहयोग खोजेका छौँ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar