काठमाडौं । इस्लाम धर्मावलम्बीको ठूलो पर्व बकर–इद आज उत्साहका देशैभर मनाइरहेका छन् ।
३ दिनसम्म लगातार मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । यसलाई बलिदानीको पर्वका रुपमा लिइने गरिन्छ । इस्लाम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने चलन छ ।
पोखरामा दश हजारको हाराहारीमा रहेका मुश्लिम समुदाय खुशीयालीका साथ पर्व मनाउइ रहेका छन् । यस पर्वको अवसरमा परिवारका सम्पूर्ण सदस्य अनिवार्यरूपमा नयाँ वस्त्र धारण गर्ने गर्छन् । इदगाहमा नवाज पढेर एकापसमा शुभकामना आदान प्रदान गने चलन छ । बकर–इदमा जनावरलाई ‘कुर्वानी’ अर्थात् बलिदानी गर्ने गरिन्छ । सो अवसरमा जनावरको मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरीब परिवार र अर्को भाग आफ्ना लागि राख्ने नियम रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar