काठमाडौं । गत शुक्रबारदेखि देशै भरी प्रदर्शन भएको निकै महत्वका साथ हेरिएका ३ चलचित्रहरुको प्रतिस्पर्धालाई दर्शकले कसरी लिएका छन् त ? तीन चलचित्रले प्रदर्शनको पहिलो दिन औसत व्यापार गरेको छ । शुक्रबारका दिनमा भन्दा शनिबार विदाको दिन पारेर तीनै चलचित्रले केही बढी दर्शक पाएका छन् । प्रतिस्पर्धामा यस हप्ता पनि यीनै ३ चलचित्र ‘मिस्टर भर्जिन’, ‘ब्ल्याक’ र ‘जय शम्भु’को व्यापारिक प्रतिस्पर्धा चलरिहेको छ ।
‘मिस्टर भर्जिन’
‘मिस्टर भर्जिन’ वर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.ली.को ब्यानरमा निर्माण गरिएको हो भने विशारद बस्नेतको निर्देशनमा विजय बराल, गौरव पहारी, कमलमणि नेपाल, भोलाराज, मरिश्का पोख्रेल, सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।
तीन युवाको यौन मनोविज्ञानको कथालाई समावेश गरिएको ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको संयुक्त लगानी रहेको छ भने सह निर्माताको रुपमा सन्दिप उप्रेती छन् ।
‘जय शम्भु’
यसै साता प्रदर्शन भएको अर्को चलचित्र हो जय शम्भु । चलचित्र ‘जय शम्भु’ लाई रुपेश तामाङले निर्देशन गरेका हुन् भने चलचित्रका प्रस्तुतकर्ता दिनेश शाही हुन् । राजकुमार नगरकोटी र चक्र पाख्रिन कार्यकारी निर्माता रहेको ‘उक्त चलचित्रको निर्माता भने अरविन्द्र शाक्य हुन् ।
चलचित्रमा अनुप विक्रम शाही , प्रशान्त ताम्राकार, बर्षा सिवाकोटी, करुणा पाण्डे, रोशन महर्जन, बसन्त भट्ट, अनुपम श्रेष्ठ, कालु राना लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।
काठमाडौं र अन्नपूर्ण बेशक्याम्पमा खिचिएको एक्सन लभस्टोरी मानिएको चलचित्र ‘जय शम्भु’ हरि घले लामाको छायांकन, श्री श्रेष्ठको एक्सन, टंक बुढाथोकीको संगीत, वनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ ।
‘ब्ल्याक’
शुक्रबारबाटै देशका सिनेमा घरमा प्रदर्शनमा आएको ‘ब्ल्याक’ले पनि औसत व्यापार गरेको छ । चलचित्रलाई प्रदिप श्रेष्ठले निर्देशन गरेका छन् ।
आश्मा फिल्मस्को प्रस्तुति रहेको चलचित्र ‘ब्ल्याक’ लाई आश्मा पाण्डेले निर्माण गरेकी हुन् । चलचित्रमा रामशरण उप्रेतिको छायांकन, महेश खड्का र प्रदिप पौडेलको संगीत रहेको छ । बसन्त अधिकारी मुख्य सहायक निर्देशक रहेको फिल्ममा नृत्य निर्देशन रामजी लामिछानेको रहेको छ ।
चलचित्रमा आकाश श्रेष्ठ , आँचल शर्मा, सुन्दर श्रेष्ठ, आयुष रिजाल, धिरेन शाक्य, सुशिल श्रेत्री, प्रिया रिजाल लगायतको मुख्य अभिनय हेर्न पाइन्छ । मौनता श्रेष्ठको कथा तथा चेतनकुमार पाण्डे कार्यकारी निर्माता रहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar