हाम्रो बारेमा
हाम्रो बारेमा :
विषेसतः मनोरञ्जन संगसंगै सूचना तथा विचारको प्रयास हो शुभयुग डट कम ।
हामी मनोरञ्जनात्मक सामाग्री, सूचना तथा विचारसंगै राजनीतिक तथा गैर राजनीतिक दुवै क्षेत्रका समाचार सामग्री समेत पस्कने छौं । हरेक सामाजिक, राजनीतिक, आर्थिक लगायतका क्षेत्रको विचारमा हाम्रो उपस्थिति सहितको विश्लेषण पस्कनु हाम्रो दायित्व हो । हामी देशमा सुशासनको मुद्दामा दर्बिलो रुपमा उभिने समेत अठोट गर्दछौं । देश भ्रष्टाचार र अनियमितताको दलदलमा भासिएको अवस्थामा हाम्रो उपस्थिति त्यस्ता गलत प्रवृती विरुद्ध हुने छ । आमरुपमा हामी सबैका आवाज यसमा पस्कने छौं ।
राष्टि«य हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । भोक, रोग, गरिवी र अशिक्षाका साझा मुद्दामा सारथि बन्न हामी प्रयत्नशील हुने छौं । संस्कृति, सभ्यता र परम्पराको जगेर्नामा हाम्रो ध्यान जाने छ । राष्ट«हित, सुशासन र पारदर्शितामा कसैसँग सम्झौता हुने छैन । नेपालको संविधान २०७२ ले जनतालाई राजकीयसत्ता र सार्वभौमसत्ता निहित गराएको छ । प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूणर् प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा संविधानका मूलभूष विशेषता र आधारस्तम्भ हुन् ।
हामी संविधानका ती मूल्य, मान्यताप्रति अबिलचित रहने छौँ । संविधानको त्यही जगमा उभिएर हामी जनतालाई नै केन्द्रविन्दु बनाएर अघि बढ्ने छौँ । धन्यवाद ।
Subhayug Media Pvt.Ltd द्धारा संचालित् www.subhayug.com
Contact No.:00977-9851220820
Email: [email protected]