७ भदौ,काठमाण्डौ – कोरोना भाईरस संक्रमीत बिरामीको उपचारका लागी मनमोहन मेमोरियल शिक्षण अस्पताल काठमाण्डौले आईसोलेशन तथा उपचार कक्ष संचालनमा ल्यायको छ ।
बढ्दो महामारीको रुप लिएको कोरोना भाईरस अर्थात् कोभिड १९ का बिरामीहरुको उपचारका लागी अस्पतालले महामारीमा सरकारलाई सघाउने उद्धेस्यले काठमाण्डौको चन्द्रागिरी नगरपालिका स्थित् दहचोकमा रहेको बेसिक साईन्स भवनलाई कोरोना संक्रमीत बिरामीको उपचारका लागी ३सय३३ शैयाको आईसोलेशन कक्ष तयार गरी संचालनमा ल्यायको अस्पतालले बिज्ञप्ती मार्फत् जानकारी दिएको हो ।
अस्पतालका अध्यक्ष राजेन्द्र प्रसाद पाण्डेद्धारा हस्ताक्षरित बिज्ञप्तीमा बिश्वभर महामारीको रुप लियर फैलिरहेको कोभिड १९ को माहामारीमा श्रद्धेय नेता मनमोहन अधिकारीको स्मृतीमा बनेको सहकारी संस्थाले सरकारलाई अप्ठेरो परेको राष्ट्रब्यापी फैलिरहेको महामारी नियन्त्रणका लागी, आफ्नो कर्तव्य ठानी नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई उपलव्ध गरायको समेत भनियकोे छ ।
बिदेशमा रहेका नेपाली नागरिकहरुलाई स्वदेश आउनका लागी सहजीकरण गर्न, नेपाल सरकार मन्त्रीपरिषद्को गत जेठ १२ गतेको बैठकले क्वारेन्टाईन संचालन गर्नाका लागी मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताललाई अनुरोध गरेको र सरकारको अनुरोधलाई अस्पतालले महामारी नियन्त्रणका लागी आप्mनो कर्तव्य ठानी नेपाल सरकार र स्वास्थ्य मन्त्रालयलाई गत जेठ २५गतेनै उपलव्ध गराईसकेको अस्पतालका अध्यक्ष पाण्डेले समेत बताउनुभयको छ ।
अध्यक्ष पाण्डेका अनुसार अस्पतालको काठमाण्डौ स्थित् चन्द्रागिरी नगरपालिका वडा नं.१ स्थित् दहचोकमा ७५ हजार बर्गफिट क्षेत्रफल रहेको ५ तले ६० कोठा भएको ७ वटा ल्याव समेतको हल भयको बेसिक साईन्स भवन छ ।सोहि भवनलाई ३ सय ३३ शैया बनाएको हो ।
त्यस्तै गत भदौ २ गतेवाट मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको स्वयम्भुवाट समेत उपचार सुरु गरेको छ । हाल स्वयम्भु अस्पतालमा ६८ जना कोरोना संक्रमित तथा अन्य बिरामी रहेका छन् ।
बिरामीको उपचारका लागी अस्पतालका चिकित्सक, नर्सिङ,प्यारामेडिक्स तथा प्रशासनिक कर्मचारी तथा त्यहाँ लाग्ने सम्पुणर् औषधी तथा अन्य आवश्यक उपकरणको ब्यवस्थापन समेत अस्पतालले गरीसकेको छ ।
हाल उपचारका लागी आयका सम्पुणर् कोरोना संक्रमित बिरामीको आईसोलेशन तथा उपचार जारी रहेको समेत बिज्ञप्तीमा भनियको छ । त्यस्तै अहिलेसम्म मनमोहन मेमोरियल शिक्षण अस्पतालमा उपचाररत् सबैको स्वास्थ्य स्थिती सामान्य छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar